१९ साउन
भारतको उडीसामा एक यस्तो दृष्य देखियो जसले भारतको अवस्थामाथि कयौं प्रश्न चिन्ह खडा गरिदियो।

ओडीसामा एक दाना माझी नामक व्यक्तिकी श्रीमती अमांगको उडीसाको भवानीपटना अस्पतालमा टिबी रोगका कारण निधन भयो। श्रीमतीको शव एम्बुलेन्समा लैजाने पैसा नभएपछि उनले शव साइकलमा बाँधेर दश किलोमिटरसम्म हिँडे।

यद्यपी उनले बहराइनका प्रधानमन्त्री खलीफा बिन सलमान अल खलीफासँग ९ लाख रुपैयाँ सहयोग लिइसकेका थिए। जसले उनको जीवन नै परिवर्तन भयो। उनले आफ्नो लागि एउटा घर बनाए। एउटा मोटरसाइकल किने र दोस्रो विवाह पनि गरे।

तर यो पटक उडीसामा यस्तै दृष्य देखियो, जुन देखेर तपाइँको रौँ ठाडा हुन्छन्। यो घटना उडीसाको बौद्ध जिल्लाको हो। बौद्ध जिल्लाको कृष्नापल्ली गाउँ निवासी चतुर्भुज बाँककी सालीको डाइरियाका कारण निधन भयो। उनको उपचारका क्रममा बुधबार निधन भएको थियो। अस्पतालको एम्बुलेन्सले शव चतुर्भुजको घरमा ल्याएर छोडिदियो।

तर पछि उनको शव घरबाट घाटसम्म लैजान कुनै पनि गाउँले तयार भएनन्। त्यसपछि चतुर्भुजले सालीको शव साइकलमा राखेर घाटसम्म पुर्याएर अन्तिम संस्कार गरेर आए।

चतुर्भुजकी पहिली श्रीमतीबाट कुनै बच्चा भएनन्। त्यसपछि उनले अर्कै जातकी महिलासँग दोस्रो विवाह गरे। उनले अर्कै जातकी महिलासँग विवाह गरेको कुरा गाउँलेले मन पाएका थिएनन्।

त्यसपछि गाउँलेले चतुर्भुजको परिवारलाई एक्का पार्न थाले। उनले छोएको पानीसमेत गाउँले खाँदैनथे। यो घटनाले भारतको रहेको कूरीतिलाई एक पटक फेरि उजागर गरिदिएको छ। चतुर्भुजको परिवार कष्टमा हुँदासमेत गाउँले रमिते भएर बसे।
-gorkhalikhabar