१८ साउन
पर्वत । पर्वतको कुस्मा नगरपालिकाले आयोजना गरेको ‘कुस्मा नगरपालिका –बिकासका संभावना, अवसर र चुनौती’ बिषयक अन्तरकृया कार्यक्रममा बोेल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सबै स्थानिय तहले गूरुयोजना वनाएर विकासका कार्य थाल्न सूझाव दिएका छन् । उनले सवै स्थानमा एकैपटक विकास गर्न संभव नभएकाले क्रमागत रुपमा आवश्यकताको आधारमा प्राथमिकता तोकी विकासका गतिविधिहरु लैजानू पर्ने धारणा राखे । अध्यक्ष तिमिल्सीनाले योजनाबद्ध बिकास गर्दा मात्रै स्थानिय तहले आफ्नो लक्ष्य प्राप्न गर्न सक्ने बताएका हुन ।

स्थानिय तहले गुरुयोजना, आवधिक योजना र तत्कालिन कार्ययोजना बनाउने काम आजैबाट थाल्न सुझाब दिए । स्थानिय सरकारले संघिय सरकारले र प्रदेश सरकारले उपलव्ध गराएको वजेट मात्र वाडफांड गर्ने हौर्इन आप-नै स्थानिय श्रोत र साधनले पनि केहि कार्य गर्नु पर्ने सूझाव दिए ।
पर्वत गृह जिल्ला भएकाले यहाँका स्थानिय तहका योजना बनाउने र योजना कार्यान्वयनका लागि संघीय सरकार र दातृ निकायबाट समेत हुन सक्ने सहयोग जुटाउन सधै अग्रसर हुने आश्वासन पनि उनले दिए । ‘तपाईहरुले नगर र गाउँ बिकासका योजनाहरु बनाउनुस, त्यसका लागि सहयोग जुटाउन मेरो ठाउँबाट पनि पहल गर्छु’ उनले भने ‘सबै मिलेर काम ग-यौ भने पर्वतका सबै स्थानिय तहले मुलुकमै नमुना बन्न सक्छन’
आफुँ कानुन निर्माण गर्ने थलोमा भएपनि पर्वत जिल्लाको बिकास र यहाँका समस्या समाधानका लागि सधै प्रयत्नशील भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सीनाले दुई वटा राष्ट्रियस्तरका सडक र कालीगण्डकी बहुद्देश्यीय जलबिद्युत परियोजना अघि बढाउने काम भएको बताए । नबलपरासी जिल्लाको त्रिबेणी हुँदै कालीगण्डकी तिरैतिर पर्वतको सेतीबेणीबाट कुस्मा, बेनी देखि कोरल्ला जोड्न त्रिबेणी कोरल्ला प्रदेश गौरबको सडक र रिडीबाट सेतीबेणी हुँदै डाडँडा पोखरा पुग्ने सडक निर्माणका लागि बजेट बिनियोजन भएकाले यसलाई कार्यान्वयन गर्दा पर्वत जिल्लाले सबैभन्दा ठुलो फाइदा लिन सक्ने बताए । त्रिबेणीबाट पर्वत हुँदै कोरल्ला पुग्ने सडक कालीगण्डकी करिडोर भन्दा १ सय १० किलोमिटर छोटो छ ।
कुस्मा देखि कल्लेरी हुँदै बलेवा जोड्ने सडक र कालीगण्डकीमा पुल निर्माणका लागि समेत बजेट बिनियोजन भएको अध्यक्ष तिमिल्सीनाले बताए ।
कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जन प्रसाद जोशीले आफूले २५ वर्ष सम्म पर्वत जिल्लाको विकासका लागी महत्वपूर्ण ठाउंमा रहेर कार्य गरेको स्मरण गर्दै पर्वत जिल्लाका ग्रामिण सडकहरको ट्याक खोल्ने कामको शुरुआत गरेकाले तिनिहिरुको कालोपत्रे गर्नेकाममा स्थानिय सरकारले ध्यान दिनूपर्ने सूझाव दिए । उनले जनप्रतिनिधिले जति काम गरे पनि गूनासो आईरहने भएकाले त्यस तर्फ सचेत हुन सवै निर्वाचीत हरुलाई आग्रह गरे ।

कूश्मा नगरवासी भएकाले पनि नगरले आयोजना गरेको महत्वपूर्ण कार्यक्रममा काठमाडौं जाने कार्यक्रमलाई स्थगित गरेरर छलफलमा आएको वताउदै पर्वतमा विगत जस्तो दलगत स्वार्थमा लागेर निर्विाचित जनप्रतिनिधिहरुलाई वहिस्कार गर्ने र निषेध गर्ने परम्पराको अन्त्य भएको धारणा राख्दै अव कूश्मा नगर र जिल्लाको विकासका लागी सवै राजनैतिक दल र निर्वाचित जनप्रतिनिधिहरु कूनै पूर्वाग्रहविना लाग्नू पर्नेमा सूझाव दिए ।

त्यसै गरि कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, नेकपाका प्रतिनिधि भक्त कूवर,नेपाली कांग्रेसका सभापती खिम प्रसाद भूषाल लगायतले धारणा राखेका थिए ।
आज भएको एक दिने कार्यक्रममा कूश्मा नगरको विषयमा कार्यपत्र नगरीक समाजका अगूवा राजेन्द्र पहाडीले पेश गरेका थिए । उक्त कार्यपत्र उपर कार्यक्रमका सहभागीहरुले सूझाव तथा टिप्पणी गरेका थिए ।
कार्यत्रमको संचालन कूश्मा नगरपालिकाका प्रशासकिय अधिकृत सूभाष कूमार लामिछानेले गरेका थिए भने स्वागत कूश्मा नगरका उपप्रमूख सीता कापले लामिछानेले गरेकी थिईन ।
कार्यक्रमको अध्यक्षता कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले गरेका थिए ।