२८ भाद्र सन्धिखर्क नगरपालिका वडा नं -७ भालुखोलामा चितुवाले आक्रमण गर्दा ४ वर्षका बालकको ज्यान गएको छ । मंगलबार साँझ ६ बजेतिर ४ वर्षका मनिस के.सी आफ्नो घरको आँगनमा खेलिरहेका थिए ।
घरको आँगनमा खेलीरहेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेको हाे । बालककी हजुर आमा खिमकला केसीले भनिन्, ‘मेरो नाति घरको आँगनमा खेलिरहेको थियो एक्कासी चितुवाले टप्पै टिपेर लग्यो ।’
बालकलाई चितुवाले लगेपछि स्थानियले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए । प्रहरी टोली र स्थानीयले बालकको खोजी गर्दै जाँदा मंगलबार राती ९:३० बजे बालकको शव फेला परेको थियो ।
बालकको शव घर देखी करिब एक किलोमिटर टाढा रानी बनको जंगलमा बिभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले बालकको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
केही महिना अघि सन्धिखर्क -७ कै दुबरा, पल्लाबारी र डँडाटीमा गरि ३ जना बालबालिका माथि चितुवाले आक्रमण गरिसकेको छ । नरभक्षी चितुवा मार्न प्रशासनले ध्यान नदिएको भन्दै स्थानीय यतिबेला आक्रोसित बनेका छन् ।
नयाँ पत्रीकावाट








