साजन परियार पर्वत, कुश्मा । यहाँका युवा व्यवसायीहरुले धौलागिरीमा पहिलो पटक अत्याधिनिक सुविधा सहित अपाङगता मैत्री रिर्सोट निर्माण गर्न लागेका छन् । पर्वतको कुश्मा नगरपालिका–४ छर्मकेमा २ करोडको लगानीमा रिर्सोट निर्माण गर्न लागेका हुन् । रिर्सोटमा तिन जनाको संयुक्त लगनी रहेको छ । रिर्सोटमा स्थानिय युवा व्यवसायी विष्णुराज पुरी, राजु शर्मा र आलोक श्रेष्ठको संयुक्त रुपमा लगानी गरेका छन् ।  ‘ब्लुज एंगल रिर्सोट’ नाम दिइएको यस रिर्सोटको गत फागुनदेखी निर्माण थालिएको हो । असोजमा सञ्चालनमा ल्याउने तयारी सहित अहिले तिव्र रुपमा काम भईरहेको छ ।

अग्ला र लामा पुलको जिल्लाका रुपमा चिनिएको पर्वत सँगै आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पु¥याउँदै पर्वतमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई न्यूनतम लम्व्याउने सोचका साथ रिर्सोट सञ्चालन गरेको संचालक बताउँछन् ।

साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिई रिर्सोट सञ्चालन गरिएको हो । जग्गाको बार्षिक १ लाख १० हजार भाडादर कायम गरिएको छ । अग्ला र लामा पुलको जिल्लाका रुपमा चिनिएको पर्वत सँगै आसपासका पर्यटकीय सम्भावनालाई उजागर गर्न सहयोग पु¥याउँदै पर्वतमा आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाई न्यूनतम लम्व्याउने सोचका साथ रिर्सोट सञ्चालन गरेको संचालक बताउँछन् ।

धौलागिरीमै पहिलो पटक फरक किसिमको रिर्सोट निर्माण गर्न लागिएको जानकारी दिँदै संचालक आलोक श्रेक्ष्ठले भने,‘अन्य रिर्सोटहरु विदेशी केन्द्रित गरेर निर्माण गरिएकाले हामीले स्वदेशीका लागि रिर्सोट बनाएका हौ ।’ रिर्सोट सञ्चालनमा आउँदा सयौँ युवाहरुले रोजगारी पाउने उनको भनाई छ । हालसम्म साढे डेढ करोड भन्दा वढि रकम खर्च भईसकेको श्रेष्ठले बताए । रिर्सोटले अहिले रेष्टुडेण्ट सञ्चालनमा लिई करिव ३ लाख भन्दा बढिको कारोवार गरिसकेको छ श्रेष्ठले भने,–‘ रेष्टुडेण्ट चल्दै गर्छ,आवश्यक निर्माणका काम पनि सँगै अघि बढ्छ,।’ एक महिला पश्चात सञ्चालनमा ल्याउने तयारी गरिएको रिर्सोटको अहिले ८० प्रतिशत काम सम्पन्न भएको छ ।

रिर्सोटमा दुई वटा स्वीमिङ पुल(बालबालिकाका र युवापुस्ताका लागि छुट्टाछुट्टै),अहिले पाँचवटा कटेज, निर्माण गरिसकेको सञ्चालक विष्णुराज पुरीले बताए । रिर्सोटमा विभिन्न जनावरकाहरुको चित्र बनाईने छ । रिर्सोट वरिपरि बगौचा निर्माण गरि विभिनन प्रजातिका फुलहरु रापिने छ पुरिले भने,–‘पूर्ण प्राकृतिक वातावरणमा रिर्सोट सुविधा दिनका लागि शान्त सुन्दर ठाउँ(छमर्के) रोजिएको हो,।’ कुश्मा बजारवाट १ किलो मिटर हिडेपछि यस स्थानमा पुग्न सकिन्छ । बागलुङ–पोखरा राजमार्ग सँगै जोडिएको रिर्सोट प्राकृतिक सौन्र्दयले भरिपूर्ण छ ।

रिर्सोटका अर्का संचालक राजु शर्माले मुस्ताङ आउने पर्यटकलाई अधिकतम सेवा सुविधाका साथ कालीगण्डकी नदिको सुसेलीसहित धौलागिरी पर्यककिय दृश्यावलोकन गराउँदै आर्गानिक उत्पादन खुवाउने सोच राखिएको जानकारी दिनुभयो । ‘व्यवसायमा संलग्न युवाहरको अनुभव र भोगाईलाई अधिकतम उपयोग गर्ने तवरवाट रिर्सोट सञ्चालनमा गरेका हौँ,’ उनले भने ।

रिर्सोट प्रकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ । खुल्ला र मनोरम वातावरण निर्माण हुन लागेको रिर्सोट धौलागिरीकै पहिलो अपाङगता मैत्री भएको संचालकहरुको दावी छ । रिर्सोट निर्माण सँगै पर्वतको व्यवसायमा थप प्रर्वद्धन हुने विश्वास लिईएको छ ।