३० जेठ
काठमाडौं । उत्तर कारियाली सुप्रिमो किम जोङ उन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने भएका छन् । मंगलबार सिंगापुरमा भएको आत्मीय वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस आउन दिएको निम्ता, नेता किमले स्वीकार गरेको, उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनले जनाएको छ ।
ह्वाइट हाउसको निम्तो स्वीकार गरेका सुप्रिमो किमले, अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि प्योङयाङ घुम्न आउन निम्ता दिएका छन्, वार्ताकै क्रममा । दुुबै नेताले एक अर्काको निम्तो स्वीकारेको र यसले, अमेरिका र उत्तर कोरियावीचको सम्बन्ध थप सुधार हुने केसीएनएले टिप्पणी गरेको छ ।
पछिल्लो पटकको ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमणको निम्ताबारे केही उल्लेख नगरे पनि सिंगापुर बैठकपछि विश्व, संभावित आणविक विपत्तीबाट एक कदम पछि हटेको तर्क गरेका छन् । उनले अब थप रकेट प्रक्षेपण, आणविक परीक्षण र आणविक कार्यक्रको खोजी हुने छैन पनि भनेका छन् ।
उनले ट्वीटमै, बन्धकहरु आफ्ना परिवार सहित घर फर्केका छन् भन्दै, “चेयरम्यान किम धन्यबाद, हामीले सँगै बिताएको दिन (मंगलबार) ऐतिहासिक थियो” पनि भनेका छन् । मंलगबारको शिखर वार्ताका क्रममा नेता किमले, उत्तर कोरिया र अमेरिका दुुबैले एक अर्काविरुद्ध दमन र शत्रुतापूर्ण सैन्य कार्वाही रोक्न अत्यन्त जरुरी रहेको बताएको पनि केसीएनएले जनाएको छ ।
दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस्
१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।
२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।
३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।
४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ









