२७ जेठ
काठमाडौँ – लाजिम्पाटस्थित इजरायली दुतावासमा सुरक्षामा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई)ले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।
सुरक्षामा खटिएका भक्तपुर निवासी अनुपराज श्रेष्ठले आफैलाई पेस्तोल प्रहारगरी आत्महत्या गरेका हुन् ।
आइतबार विहान साढे १० बजे उनले आफ्नै पेस्तोल झिकेर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।









