२७ जेठ
पर्वत । समग्र पर्वत जिल्लाको विकासका लागि पर्वत उद्योग बाणिज्य संघले तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । विधानअनुसार संघको नयाँ कार्यसमिति निर्वा्चित भएर आएपछि तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार हिजो विशेषभेला गरी २८ बँदे कार्ययोजना अघि सारिएको हो ।
सार्वजनिक गरेका कार्यक्रमहरुमा सुरुङ्गमार्गदेखि जलाशययुक्त परियोजना सम्म छन् । पर्वत उद्योग बाणिज्य संघका नवनिर्वा्चितअध्यक्ष केदारनाथ शर्माले सार्वजनिक गर्नुभएको कार्ययोजनामा कुश्मा बजारको व्यावसाय बृद्धिका लागि कुश्मा कल्लेरी हँदै छिमेकी जिल्लाबागलुङको बलेवा जोड्ने मोटरेबल पुल निर्माण, कुश्मा–देखि कटुवाचौपारी जोड्ने मोदीखोलामा मोटरेबल पुल निर्माणलाई जोड दिने भएको छ ।
सदरमुकाम रहेको कुश्माबजारदेखि दक्षिण पर्वतको हुवास जोड्ने सडक कालोपत्रे गर्नका लागि पहल गर्ने, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गसँग लिंक जोड्न तथा पर्वत–पोखरा सुरुङ्गमार्ग निर्माण गर्न पहल गर्ने, कालीगण्डकीमा जलाशययुक्त परियोजनासंचालनका लागि आवश्यक समन्वय गर्ने जस्ता महत्वकांक्षी योजना सार्वजनिक, यसैगरी, बिना दर्ता सञ्चालित उद्योग ब्यावसायलाई दर्ता प्रकृयामा ल्याउने, बस्तुगत व्यावसायीहरुको छुट्टाछुट्टै भेला गरी व्यावसायीकसमस्या पहिचान गरी समाधान गर्ने, धार्मिक एवम् ऐतिहासिक महत्व बोकेका जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने, कुश्मा बजारमाएक हजार जना क्षमताको सिटीहल निर्माण तथा कुश्मा रिङरोड र भ्युटावर निर्माण गर्ने योजना पनि अघि सारीएका छन ।
कुश्मादेखि बलेवाको भैरबस्थानसम्म केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन र दुर्लुङ्गमा सञ्चालित क्यानोनिङ्गकोव्यवस्थापनका लागि काम गर्ने योजना समेत सार्वजनिक गरिएको छ । कृषि उपज संकलन केन्द्रको निर्माण सम्पन्न गरी तत्कालसञ्चालनमा ल्याउने, जिल्लाको समग्र पर्यटन व्यावसायलाई प्रवद्र्धन गर्न पर्यटक रुटको नक्सांकन गर्न पर्यटनबोर्ड तथा टान र हानसँगसमन्वय गर्ने कार्ययोजना पनि अघि सारिएको अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । पर्वत उद्योग वाणिज्य संगको भेला लाई सम्बोधन गर्दै प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समृद्ध पर्वतको लागी पर्वत उद्योग वाणिज्य संघले अगाडी सारेको तीन वर्षे कार्ययोजनालाई प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न तयार रहेको बताउदै उद्योग वाणिज्य संघ लाई उद्यमशिल क्षेत्रमा लगानी बढाउन आग्रह समेत गर्नुभयो । पर्यटन,उर्जा,कृषि,उद्योग र भौतिक पूर्वाधार विकासलाई प्रदेश सरकारले आर्थीक समृद्धिको ईन्जिनको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । मन्त्री लम्सालले विगतमा राजनीतिक अस्थिरताका कारण लगानीका अवसर गुमाउनुपरेको बताउँदै अबको समय भनेको आर्थिक समृद्धिको भएकाले लगानीमैत्री वातावरण बनाउनका लागि प्रदेश सरकार सक्रिय भएर लाग्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रदेश सभा सांसद जूनानेपाली,नेकपा का प्रतिनिधी भक्त कुवार,नेपाली कांग्रेसका प्रतिनिधी कूल प्रसाद उपाध्याय,जिल्ला समन्वय समिति पवृतका संयोजक मनोहर वि पौडेल,फलेवास नगरपालिकाका प्रमूख पदमपाणी शर्मा,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष संजिव वहादूर कोईरालाल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश श्रेष्ठ,पर्वत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने,ओम शान्ति ईश्वरीय विश्वविद्यालय वाट संचालिका राधिका,व्यवसायीका तर्फ वाट दिपक गदाल लगायतले शूभकामना मन्तव्य राख्नू भएको थियो ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गणेश लामिछानेले गर्नुभएको थियोे भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले गर्नूभएको थियो ।









