२६ जेठ
फलेवास पर्वत । फलेवास नगरपालिका वडा न २ थापाठाना वस्ने विनोद कूवर र निजकी श्रीमती राधिका कूंवरले फलेवास नगरपालिका वडा नं. ३ का गोपाल सूनारलाई कुटपिट गर्दा मृत्यू भएको छ । मादक पदार्थ सेवन गरि हिजो शूक्रवार कूटपिट गर्दा घाईते भएका सरस्वती सूनार र गोपाल सूनारलाई उपचारका लागी मणिपाल अस्पताल पोखरा लगिएको थियो । घाईते गोपाल सूनारको आज शनिवार विहान उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रारम्भीक अनुसन्धान गर्दा आपसी मनमूटावमा झगडा हूदा कुटपिट भएको देखिन गएको कूरा प्रहरी निरीक्षक दिपक थापाले वताउनू भयो ।
उक्त घटनामा संलग्न २ जना दम्पतिलाई प्रहरी चौकी कार्कीनेटा पर्वतले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याई अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनूभयो ।









