२६ जेठ
काठमाडौं । अधिकारका लागि पत्रकारिता भन्ने मूल नाराका साथ मधेशका सञ्चारकर्मीहरुको प्रादेशिक भेला काठमाडौंमा सम्पन्न भएको छ । प्रदेश ३ लाई आधार बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरुको भेला मधेश मिडिया हाउसमा सम्पन्न भएको हो ।
संघीय संरचना अनुसार प्रदेश नं. ३ केन्द्रित पत्रकारिता गर्ने पत्रकारहरुको प्रादेशिक भेलाबाट मधेशी पत्रकार समाज नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।
रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी विजय यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षहरुमा निवेश कुमार, संदिप कुमार वैश्य र अर्चना झा, महासचिवमा सर्फूल्लाह अंसारी, सचिवद्वय विजेता चौधरी र सन्ध्या विडारी, कोषाध्यक्षमा आशा साह चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा सुष्मा कर्ण, लिलानाथ गौतम, संजय कुमार प्रजापति, कृष्णमुरारी मिश्र र जितेन्द्र देव रहेका छन् । यस्तै, सल्लाहकारद्वय मोल्लिम अंसारी र प्रकाश तिमिल्सिना रहेका छन् ।
मधेशी पत्रकार समाज नेपालको आयोजना भएको प्रादेशिक भेलामा विभिन्न मिडियामा आबद्ध रही मधेशको मुद्दामा कलम चलाउँदै आएका सञ्चारकर्मी तथा कलाकर्मीहरुलाई सम्मनसमेत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, अतिथिहरु मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, नेपाल पत्रकार महासंघका पूर्वसचिव धर्मेन्द्र कर्ण, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईँ, अधिवक्ता सुनिलरञ्जन सिंह, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेष कर्ण, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष राजेश मिश्र लगायतलाई सम्मान गरिएको थियो ।
यस्तै, स्वेता सिन्हा, सिर्जन झा, प्रवीण चौधरी, कोमल भगत, रुवी रौनियार, प्रकाश तिमिल्सिना, दुर्गा फुँयाल, पुर्णेन्दु झा, विजय यादव निर्विज, सरिता साह, सेलिना कुँवरलगायतक सञ्चारकर्मी तथा कलाकर्मीहरुलाईसमेत सम्मान गरिएको थियो ।
पत्रकारिता तथा कलाकारिता क्षेत्रमार्फत मधेशको मुद्दामा सक्रिय सहभागिता जनाउँदै आएकाहरुको कार्यको मूल्यांकन गर्दै भेलामा सम्मान गरिएको समाजका अध्यक्ष मोहन सिंहले जनाएका छन् ।








