२४ जेठ
बझाङ। बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भो बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीभरा गाउँपालिका ४ डाँडागाँउका ४५ वर्षीय विरेन्द्रबहादुर सिं हर उनकी श्रीमती ३८ वर्षीय जलादेवी सिंह रहेको प्रहरीले जनाएको छ ।

८ जना यात्रु बोकेको जीप छविस पाथीभेरा गाँउपालिका–४ को भेटाखानमा बुधाबार पौन ६ बजे दुर्घटना भएको हो । दुर्घटामा परि ६ जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेतमा लगिएको छ ।