२१ जेठ
काठमाडौ । नयाँ शक्ति निकट विद्यार्थी युनियनले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विरोधमा जुलुस प्रदर्शन गरेको छ । कम्यूनिष्ट सरकारले जनताको ढाड सेक्ने काम गरेको कारण जुलुस निकालेको बताइएको छ ।सो संगठनले पेट्रोलियम पदार्थसहित दाल, चामल, ग्यास, तरकारी लगायत अन्य सबै खाद्यवस्तुमा मूल्य बृद्धि भएको विरोधमा ४ः३० बजे माइतीघरबाट विजुलीबजारसम्म जुलुस निकालेका थिए ।
अध्यक्ष श्यामबावु गौतमले सरकारको मूल्य बृदिमा कम्यूनिष्टहरु पहिला २ रुपैया मूल्य बढाउँदा सडकमा खुट्टा भाँचिने गरी आन्दोलनमा उत्रन्थे भने अहिले भने सरकारको नेतृत्वमा रहेका कुनै पनि कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले मूल्य बृद्धिको विरोध नगरेको बताएका छन् ।
Home Flash News कम्यूनिष्ट सरकारले जनताको ढाड सेक्ने गरी गरेको मूल्यबृद्धि विरुद्ध नयाँ शक्तिका विद्यार्थीको...









