२० जेठ
पर्वत ।
टेड्र युनियन काँग्रेसमा आवद्ध नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला शाखा पर्वतको सातौं अधिवेशन शनिबार कुस्ममा सम्पन्न भएको छ ।
अधिवेशनले पुनःयामप्रसाद शर्मालाई र्निबिरोध अध्यक्ष सहित २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बालकृष्ण शर्मा, महिला उपाध्यक्षमा कमला थापा, उपाध्यक्ष निजि तर्फमा यामनाथ शर्मा पौडेल छन् भने महिला स्वयंमसेवीमा कमला श्रेष्ठ रहेका छन् ।
यस्तै नवगठित समितिको सचिवमा रामप्रसाद चापाँगाई, ,सहसचिव सरकारी तर्फ जनक तिवारी,सहसचिव निजि तर्फ यमप्रसाद पौडेल, कोषाध्यक्षमा अनिता घिमिरे महिला स्वंयमसेवीकामा चनमाया पुन रहेका छन् ।त्यस्तै सदस्यहरुमा पूर्णप्रसाद न्यौपाने,जानकी रिजाल,प्रकाशचन्द्र सुवेदी,नारायण शर्मा पौडेल,फुल कुमारी पुन,शिवजी महेला,धना परियार,पबित्रा रेग्मी सर्वसम्मत चयन भएका छन् ।
यस्तै क्षेत्रिय प्रतिनिधि तर्फ मोहन बहादुर थापा,टेकनाथ सुवेदी,हुमनाथ शर्मा,हरि प्रसाद भूषाल,सोभिता कुमारी शर्मा,रामप्रसाद रेग्मी चयन भएका छन् । भने,केन्द्रिय प्रतिनिधि तर्फ शिव शर्मा अधिकारी,शशीधर पौडेल,गोपाल आचार्य,कृष्णराज पौडेल,जानकी कुमारी शर्मा,लक्ष्मीदास बैरागी चयन भएका हुन ।
निवार्चन मण्डलको संयोजकमा निजामति कर्मचार ियुनियन संघका केन्द्रिय उपाध्यक्ष एवंम प्रदेश नम्बर ४ का संयोजक शिव शर्मा अधिकारी, नेपाल निजामति कर्मचारीको आधिकारीक टेड्र युनियनका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछाने, पूर्व कर्मचारीसेवा परिषदका जिल्ला अध्यक्ष देविप्रसाद बिलासि रहेका थिए ।
कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै नेपाल काँग्रेस पर्वतका उपसभापति दुर्गा बहादुर खत्रीले स्वास्थ्यकर्मीहरु आफ्नो हक अधिकार प्राप्तीको लागि संगठित हुनुपर्ने बताए । उनले सवै स्वास्थयकर्मीमा एकता आवश्यक रहेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी नेपाल निजामति कर्मचार ियुनियन संघका केन्द्रिय उपाध्यक्ष एवंम प्रदेश नम्बर ४ का संयोजक शिव शर्मा अधिकारीले स्वास्थय क्षेत्रमा आबद्ध सम्पुर्ण निजामति स्वास्थ्यकर्मीहरुको पहलवाट नै स्वास्थय क्षेत्र ईमान्दार बनाउन सकिने बताए । उनले वर्तमान सरकारले ट्रेड युनियनलाई फाल्न खोजने प्रयास भएको भन्दै युनियनमा आवद्य सवै एकतामा बाधिँदै यो कार्यको बिरोध गर्न आग्रह गरेका छन् ।
कार्यक्रम टेड्र युनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र के.सी, नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष ध्रर्ब प्रसाद शर्मा,टेड्र युनियन काँग्रेस पर्वतका उपाध्यक्ष जानकि कुमारी शर्मा,नेपाल स्वास्थयकर्मी संघका केन्द्रिय सदस्य एवम स्वास्थ्यकर्मी संघ पर्वतका संस्थापक अध्यक्ष शशिधर पौडेल, नेपाल स्वास्थयकर्मी संघका केन्द्रिय सदस्य गोपाल आचार्य,बालकृष्ण पौडेल,जिल्ला कार्य समितिका महिला उपाध्यक्ष कमला थापा, ,जिल्ला कार्य समिति निजिका उपाध्यक्ष यामनाथ शमा ,जिल्ला स्वास्थ्यकर्मी संघ बाग्लुङका सचिव शिव के.सी,कुश्मा नगरपालिकाका स्वास्थय संयोजक जनस्वास्थय अधिकृत उमाकान्त सापकोटा,नेपाल आयूर्वेद समाज धौलागिरी अञ्चलका उपाध्यक्ष प्रकाशचन्द्र सुवेदी,पूर्व कर्मचारीसेवा परिषदका जिल्ला अध्यक्ष देविप्रसाद बिलासि, नेपाल निजामति कर्मचारीको आधिकारीक टेड्र युनियनका जिल्ला उपाध्यक्ष राम शर्मा लामिछाने, लगायत नेपाल स्वास्थ्यकर्मी संघ जिलला कार्यसमिति पदाधिकारी,केन्दिय्र प्रतिनिधि,कृयाशिल सदस्यले बोलेका थिए ।
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष यामप्रसाद शर्माको अध्यक्षतामा अधिवेशन समपन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष कृष्णराज पौडेलले स्वागत मन्तव्य राखेका थिए । भने,सञ्चालन सचिव कृष्णप्रसाद शर्माले गरेका थिए ।