२० जेठ
बीरगंज । नेपाल संघिय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले सत्ता र भत्ताको लागि गरिएको मधेश आन्दोलनको कुनै औचित्य नरहेको बताएका छन् ।

नेपाल संघिय समाजवादीको बुद्धिजीवी भेला वीरगंजमा शनिवार बोल्दै उपाध्यक्ष यादवले २०६३-६४ सालमा भएको मधेश जनविद्रोह पछि सरकार र फोरम विच भएको २२ बुंदे सहमति र २०७२-०७३ सालमा भएका विभिन्न सहमति र सम्झौतालाई लत्याउदै मधेश आन्दोलन केवल सत्ता र भत्ताका लागि भएको उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपालको सरकारमा सहभागिताले प्रमाणित गरेको आरोप लगाए । उनले सयौं मधेशी शपुतहरुको रगतमा होली खेलेर मधेशका माग पुरा नहुदै सत्तामा जानेहरुलाई जनताले ठेगान लगाई दिने चेतावनी समेत दिए ।

भेलाले योगेन्द्र चौरसियाको संयोजकत्वमा २२ सदस्यीय बुद्धिजीवी तदर्थ जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सरिता चौधरी, सचिवमा सन्दिप चौरसिया र सदस्यहरुमा रामप्रवेश साह, सोनालाल ठाकुर, राजकुमार साह, अमिरीलाल यादव, अब्दुल मिया, दिपेन्द्र चौधरी, रामचन्द्र राउत कुर्मी, राधा बैठा, विरेन्द्र साह लगायतका रहेका छन् ।