१९ जेठ
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं. ५ ले आगामी आ व ०७६\०७७ का लागी वडा तथा नगरका लागी योजना छनौट गर्नका लागी वस्ति वस्तीमा पूगेको छ । आज वडा नं. ५ को ओमशान्ति टोलमा योजना छनौटका लागी वृहत भेलाा सम्पन्न गरेको छ । ओम शान्ति टोल विकास समितिमा भएको भेलालाई सम्वोधन गर्दै वडा अध्यक्ष चित्रकला भारती शर्माले सडकको १० मिटर फराकिलो भएको स्थानमा शहरी विकास कार्यक्रमले सडक विस्तार गर्ने वताउनू भयो तर साना सडक भएका ठाउंमा वडाको रकमले ने कार्य अगाडी वढाउने धारणा राख्नू भयो । यस टोलका लागी आवश्यक योजनाहरु प्राथमिकता तोकेर माग्न आग्रह गर्नु भयो । उहांले वस्ति वस्तिमा पूगेर जनताका समस्याहरुलाई प्रत्यक्ष अन्तरकृया गरेपछि मात्र वास्तवीक योजना छनौट हूने भएकाले हामी सवै टोलटोलमा पूगेर छलफल गर्ने अभ्यास गरेका छौं भन्नूभयो । ओमशान्ति टोल आफैमा सफा र सून्दर भएकाले आगामी वर्षको वजेटवाट केहि न केहि रकम यस टोलमा विनियोजित विश्वास दिलाउनू भयो ।

उक्त छलफल कार्यक्रममा वडा सदस्य उत्तम ढकाल,लालकूमारी सि.के,नरेन्द्र वहादूर क्षेत्रीले पनि वडाको विकासको वारेमा धारणा राख्नू भएको थियो । उक्त छलफलमा टोल वासी तथा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री,टोल सूधार समितिका अध्यक्ष ठाकूर वहादूर क्षेत्री,टोलवासी टेक वहादूर क्षेत्री,नवराज शर्मा,चन्द्र वहादूर रेग्मी लगायतल आपनो धारणा राखेका थिए ।
ओशान्ति टोल सूधार समिति वाट १४० मिटर सडकलाई पनरनिर्माण गर्नका लागी रु २० लाख,ओमशान्ति पछाडीको सडकलाई नाली सहितको पक्कि सडक वनाउने कार्य गर्न १०० मिटरलाई १५ लाख,सोलार सडक वत्तिका लागी ६ वटा पोल,आमा समूहका लागी १ लाख वारवरका भाडा वर्तन खरिद गर्न माग गरेका थिए । ओमशन्ति पछाडीको सडकको समेत स्थलगत अवलोकन गरिएको थियो ।

वडा अध्यक्ष चित्रकला भारती शर्माको अध्यक्षतामा भएको भेलामा, कार्यक्रम संचालन वडा सदस्य उत्तम ढकालले गरेको कूरा वडा सदस्य नरेन्द्र वहादूर के सी ले जानकारी दिनूभयो ।