१८ जेठ
नेकपा एमाले र माअोवादी केन्द्र मिलेर बनेको नवगठित नेपाल कमुनिष्ट पार्टीको प्रदे ७ को कार्यदलमा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले बाजी मारेका छन्।

अखिल नेपाल खेलकुद संघका केन्द्रीय सचिव तथा नेकपाका विधार्थी नेता घमश्याम भट्टका अनुसार प्रदेश ७ को कार्यदलमा भीम रावल पहिलो वरियतामा परेका छन्।

उनीसँगै दोस्रोमा माअोवादी केन्द्रका पूर्व प्रदेश नम्बर ७ संयोजक लेखराज भट्ट छन्। नेकपा गठन भएपछि प्रदेश ७ को जिम्मेवारी कसले पाउँछन भन्ने सर्वत्र चासो थियो।

कार्यदलको मुख्य काम प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूका नामावली सहितको प्रस्ताव तयार गर्ने, प्रदेश तथा जिल्ला संगठन कमिटीका सचिवालय गठन गर्नका लागि नामावली सहितको प्रस्ताव तयार गर्ने, प्रदेश संगठन कमिटी सम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटिका सदस्यहरुको नाम समावेश नगर्ने अादि छन्।

यस कार्यदलले उक्त कार्यदेश आपस सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्ने र केन्द्रीय सचिवालय समक्ष प्रतिवेदन बुझाउन नेकपाले निर्देशन दिएको छ।

प्रदेश ७ को कार्यदल यस्तो बनेको छ:
भीम रावल
लेखराज भट्ट
कर्ण थापा
लक्ष्मीदत्त जोशी

यस्तै नेकपाको अन्य प्रदेशको कार्यदल यस्तो छ:

प्रदेश १ को कार्यदल
भीम आचार्य
राम कार्की
शेरधन राई
सावित्रीकुमार काफ्ले

प्रदेश २ को कार्यदल
सत्यनारायण मण्डल
विश्वनाथ साह
नागेन्द्र चौधरी
प्रभु साह

प्रदेश ३ को कार्यदल
अष्टलक्ष्मी शाक्य
हितमान शाक्य
काशीनाथ अधिकारी
नारायण दाहाल

प्रदेश ४ को कार्यदल
किरण गुरुङ
हितराज पाण्डे
जगत विश्वकर्मा
हरि अधिकारी

प्रदेश ५ को कार्यदल
शंकर पोखरेल,
मणि थापा,
दलबहादुर राना र
गणेशमान पुन

प्रदेश ६ को कार्यदल
युवराज ज्ञवाली
जनार्दन शर्मा
यमलाल कँडेल
मायाप्रसाद शर्मा