१७ जेठ
नेपाली लोक फोल्क मेलोडी ब्याण्ड मंगोलियन हर्टले आफ्नो तेस्रो म्युजिक भिडियो गएको मङ्गलवार सार्वजनिक गरेको छ। यस गीतमा सुसन लामाको लेखन र रचना रहेको छ ।

दाजु भाई कम्पनी द्वार निर्मित, निर्माता कर्मा धुन्डूप योन्जनको सहयोगमा रामेछाप निकै नै रमणीय स्थल पोङ्दी गाउँमा छाँयाङकन गरिएको छ। यस गीतको म्युजिक भिडियोमा राजु लामा, बोबी लामा, निरन्जली लामा, चन्दरी तमाङ र अन्यलाई देख्न सकिन्छ । पछिल्लोपटक ब्याण्डले ‘एक जोडी नयन’ को म्युजिक भिडियो पनि सार्वजानिक गरेर स्रोताको मन जित्न सफल भएको छ ।

नयाँ एल्बमबाट यसअघि ‘आधा रोगी र ‘एक जोडी नयन’ बोलका गीतहरूको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् र राम्रै प्रतिक्रिया पाएको थियो त्यस्तै यो गीतले पनि दर्शक श्रोताको राम्रै साथ पाइरहेको छ जसका कारण सार्वजनिक गरिएको दुई दिनमै युट्युबको ट्रेन्डिङमा पर्न सफल भईसकेको छ ।

हिजोआज साङ्गीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा मंगोलियन हर्टले आफ्ना प्रत्येक सिर्जनाहरू आइट्युनको माध्यमबाट सार्वजनिक गर्दै आएको छ।