१६ जेठ
काठमाडौं । सरकारले सवारी साधनको अन्तशुल्कमा वृद्धि गरेको छ । गाडीको मूल्यमा ६० प्रतिशतसम्म लिइँदै आएको अन्तशुल्क सय प्रतिशतसम्म पुगेको छ । मोटरसाइकलको अन्तशुल्क पनि ४० बाट ६० प्रतिशतसम्म पुगेको छ ।
यो सँगै मोटरसाइकल र अन्य सवारी पनि महंगिने पक्का भएको छ । अब भन्सारमा १००० सीसीभन्दा माथिका गाडी र १५० सीसीभन्दा बढीका मोटरसाइकल महंगिने भएको छ ।
अब भन्सारमा १००० देखि १५०० सीसी सम्मका गाडीलाई अहिले लाग्दै आएको भन्दा ५ प्रशित बढी अन्तशूलक लाग्नेछ । अहिले मूल्यको ६० प्रतिशत अन्तशुलक लाग्दै आएकोमा अब त्यो बढेर ६५ प्रतिश भएको छ ।
त्यसैगरी १५ सयदेखि २००० सीसीसम्मका गाडीमा ७० प्रतिशत अन्तशुल्क लगाइने भएको छ । यसैगरी २००० सीसीदेखि २५ सय सीसीसम्मका सवारीलाई ८० प्रतिशत अन्तशूलक लगाइने भएको छ ।
त्यसैगरी २५ सय सीसीदेखि ३ हजार सीसीसम्मका सवारीमा ९० प्रशितक अन्तशूलक लाग्नेछ । ३००० सीसीभन्दा माथिका गाडीमा अब सय प्रतिशतसम्म अन्तशुल्क थपिनेछ ।
हजार सीसीसम्मका गाडीमा यसअघिकै ६० प्रतिशत अन्तशुल्क कायमै छ ।
मोटरसाइकलमा कति बढ्यो ?
अब मोटरसाइलकमा पनि अन्तशुल्क बढेको छ । १५० सीसीसम्मका बाइको अन्तशुल्क बढेको छैन ।
१५० सीसीदेखि २५० सीसीसम्मका बाइकमा लाग्ने अन्तशुल्कमा १० प्रतिशत वृद्धि भएको छ ।
अब यो सेगमेन्टमा ४० प्रतिशतको शुल्क ५० प्रतिशतमा पुगेको छ । त्योभन्दा माथिको क्षमताका बाइकमा ६० प्रतिशत अन्तशुल्क लाग्नेछ ।









