१५ जेठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीले पूर्णता पाएको छ । त्कालीन माओवादी केन्द्रबाट १९ नेताको नाम टुंगो लागेसँगै नेकपाको स्थायी कमिटीले पूर्णता पाएको हो । तत्कालीन एमालेले यसअघि नै नाम टुंगो लगाएको थियो ।
तत्कालीन माओवादीबाट अध्यष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा र शक्ति बस्नेत परेका छन् ।
यस्तै जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल, लेखराज भट्ट, देवेन्द्र पौडेल, गणेश साह, चक्रपाणि खनाल, मणि थापा पनि स्थायी कमिटीमा परेका छन् । १९ औं सदस्यका रुपमा लिलामणि पोखरेल पर्ने लगभग पक्का छ ।









