१३ जेठ
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा स्पाईनल ईन्जोरी वाट विरामी भई आजिवन अपाङ्ग वनेका माधव गिरीलाई लई आज एक कार्यक्रमका विच खाद्यन्न सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रमको प्रमूख अतिथि कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोलाले आपनो वडामा आएर वास्तविक पिडितलाई दैनिक जिवनका लागी सहयोग पूग्ने खाद्यन्न सामाग्री सहयोग गरिदिएकोमा पर्वत सेवा समाज नेपाललाई धन्यवाद ज्ञापन गर्नु भयो । यस्ता सहयोगी मनका संस्थाहरुले मन फूकाएर सहयोग गरिदिएमा आजिवन अपाड्ग वनेका माधव गिरीको परिवारलाई थप सहयोग र हौषला पूग्ने वताउनू भयो । उहांले मान जिवनमा कस्लाई कहांनेर के हून्छ कसैलाई थाहा नहूने भएकाले सवैको जिवनमा केहि न केहि दूख कष्ट पर्न सक्छन् त्यसलाई सवै मिलेर सामाना गर्नु पर्दछ भन्दै अन्य संघ संस्था सहयोगी मनहरुले थप सहयोग गर्नका लागी ध्यान जोछ भन्ने आशा गरेको वताउनू भयो ।

त्यसै गरि वडा नं. २ का महिला सदस्य शान्ति शर्मा कूमालले पर्वत सेवा समाजले यसरी घरदैलोमा नै आएर खाद्यन्न सामाग्री सहयोग गरेकोमा खुशि व्यक्त गर्नु भयो । पर्वत सेवा समाजका अध्यक्ष मूना भूषालले पर्वतमा जन्मेर रोजगारी र अधययनको क्रममा विदेश गएका नेपालीहरुले आफूले कमाएको केहि अंश पर्वतकै सेवामा लगाउने उद्धेश्यले स्थापना भएको पर्वत सेवा समाजले सानो सहयोग भए पनि दूस्खको अवस्थामा केहि राहात होस भनि यसरी खरदैलोमा नै आएर सेवा गरेको धारणा राख्नू भयो ।

वैदेशिक रोजगारीको शिलशिलामा खास गरी ईजरायल,दक्षिण कोरीया र अन्य देशमा रहेका नेपालीहरुले सहयोग पुयाएको धारणा राख्नू भयो । जन्म भूमिका लागी केहि गरौ भन्ने धारणाले नितान्त सेवामूलक उद्धेश्य लिएर स्थापना भएको यस पवत सेवा समाज नेपाल रहेको धारणा राख्नू भयो । कार्यक्रममा पर्वत सेवा समाजका उपाध्यक्ष गणेश वहादूर क्षेत्रीले पर्वत सेवा समाजले यस्तै दैवि प्रकोपमा परेका,असाह्य,विपन्न परिवारका सदस्यहरुलाई सहयोग गर्दै आएको धारणा राख्नू भयो । पर्वत सेवा समाज नेपालले अकल्पनीय दुर्घटना वाट आजिवन अपाड्गता भएका माधव गिरीको परिवारको वा वूझेर थोरै भए पनि टेवा पूगोस भनि ससहयोग गरेको वताउनू भयो । यस भन्दा अगाडी कूश्मा नगरपालिका २ साविक खुर्कोट गाविसकै संगिता शर्मालाई मृगौलाको उपचारका लागी रु १० हजार नगद सहयोग गरेको थियो ।
विसं २०७३ साल चैत्र १७ गते घरमानै दुर्घटना परि अपाड्गता भएका माधव गिरीको परिवारमा ३ छोरा छोरी सहित ५ जनाको परिवार रहेको छ । उनलाई उपचारका लागी मणिपाल हस्पीटलमा लगेर १ महिना उपचार पश्चात ३ महिना हरीयो खर्क अस्पतालमा उपचार गरि हाल घरमा नै ल्याईएको छ । उनको पछाडी पट्टिीको हड्डी खुस्कीन गएकाले छाती भन्दा तलको कूनैपनि भाग चल्ने अवस्थामा छैन । उनि अहिले घरमा नै ह्ील चियरको माध्यमले जिवन वितएका छन् ।

उक्त कार्यक्रममा पर्वत सेवा समाजका सदस्य राजू प्रसाद पौडेल,अच्यूत तिवारीको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाजका अध्यक्ष मूना भूषालको र कायृक्रम संचालन सचिव थमनारायण पौडेलले गरेका थिए ।