१० जेठ
खुर्केट पर्वत । कूश्मा नगरपालिका वडा नं. २ खुर्कोटको वस्तूगत योजना प्रोफाई र ४ वर्षे रणनैतिक योजना तयारी हूने भएको छ । वडा नं. २ लाई व्यवस्थित र समृद्ध वनाउनका लागी वस्तुगत योजना तयार गरि वार्षिक कार्ययोजना सहितको ४ वर्षे रणनैतिक योजना चौतर्फी विकास श्रोत मञ्च पर्वतले तयार गर्न लागेको हो । आज चौतर्फी विकास श्रोतमञ्च पर्वतको आयोजनामा सरोकारवालाको छलफल कार्यक्रममा अधिकांस वडावासीहरुले नगरको विकासका लागी दिर्घकालीन योजना चाहिने धारणा व्यक्त गर्नु भएको थियो । कुश्मा नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा तयार हून लागेको उक्त योजनाले ४ वर्ष भित्र के कसरी वडा नं. २ लाई सवै वडा भन्दा अव्वल र समृद्ध वनाउन सकिन्छ त्यस्त योजनाहरुलाई लिपीवद्ध गरी नगरको श्रोतलाई विधि र पद्धतीले खर्च गर्दै लगिने वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोलाले वताउनू भयो । उहांले हामी निर्वाचीत भएको एक वर्ष वित्यो अवका ४ वर्ष विधि र पद्धतीले वडामा प्राप्त वजेट र नगरले सिधै विनियोजन गर्ने वजेट समेत अव निर्माणहूने रणनैतिक योजना अनूरुप खर्चहूने धारणा राख्नू भयो । हाल वडा नं. २ खुर्कोटमा वर्तमान अवस्था घरधुरी,जनसंख्या,रोजगारको स्थीती,शैक्षिक स्थीती,घरेलूउद्योग,व्यवसायीक कृषि,पशूपालन, ग्रामिण सडक,खानेपानी,उमेर अनूसारको जनसंख्या,वडामा खाद्यान्नको स्थीती लगायतका कूराहरु वस्तुगत विवरण भित्र ऐनामा अनूहार देखिए जस्तै गरी आउनू पर्ने र वर्तमान अवस्था झल्के पछि ४ वर्ष पछि वडाको अवस्था के हूने एउटा सपना निर्माण गरी रणनैतिक योजना तयार गर्नु पर्ने त्यसमा वडावासी सवैले डेटा संंकलन गर्न आउनेलाई सहि सूचना उपलव्ध गराएर सहयोग गर्नुपर्ने धारणा राख्नू भयो ।

कार्यक्रममा वडा सदय शान्ति शर्मा कूमालले वडामा प्राप्त श्रोतलाई सहि ठाउमा लगानी गर्न योजना चाहिने हूनाले व्यपक छलफल गरि साभाmा योजनाहरुलाई पारीत गर्नु पर्ने धारणा राख्दै साना तिना टुक्रे योजना वनाउन नहूने सूझाव राख्नू भयो । वडा सदस्य कालिभक्त शर्माले वडाको सन्तुलित विकासका लागी योजना चाहिने धारणा राख्नू भयो । वडा सदस्यहरु दलवहादूर रेग्मी,माया नेपाली लगायतले आपनो धारणा राखेका थिए ।

कालिका माधमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन वास्तोलाले डेटा संकलनमा विषेश ध्यानदिनूपर्ने वताउनू भयो । डेटा संकलन ले नै वर्तमानको अवस्था झल्काउने हूनाले त्यसको आधारका वार्षिक योजना निर्माण गर्दै ४ वर्षे रणनैतिक योजना तर्फ जानूपर्न धारणा राख्नू भयो । हिमालय उच्च माविका प्रचार्य माधव रेग्मी,कालिका मा.वि का प्रअ वावूराम शर्मा,कामधेनू प्रा वि का प्रधान ध्यापक ऋषिराम सूवेदी,हर्राखर्क सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष नर वहादूर क्षेत्री लगायतले वडाको दिगो विकासका लागी ठोस कार्ययोजना चाहिने हूनाले यस रणनैतिक योजना निर्माण गरे पछि त्यस अनूरुप योजना कार्यान्वयन गर्दा छिटो विकास हूने धारणा राखे ।

वडा अध्यक्ष यदूनाथ शर्मा वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वस्तूगत प्रोफाईल र रणनैतिक योजना निर्माण वारे चौतर्फी विकास श्रोत मञ्च पर्वतका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्रीले प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा स्वागत चौतर्फी विकास श्रोत मञ्चका अध्यक्ष कालिका प्रसाद शर्माले र संचालन सचिव शिवराज शर्माले गर्नु भएको थियो । कार्यक्रममा वडावासी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यहि असार मसान्त भित्र वडाको डेटा संकलन र प्रथम चरणको छलफल सकिने तथा आगामी आ.व.मा पूर्णरुपले वस्तूगत विवरण र ४ वर्षे रणनैतिक योजना तयार गरिने संस्थाका अध्यक्ष कालिका प्रसाद शर्माले वताउनू भयो ।









