१० जेठ
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्न सिफारिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई रिहा गर्न कारागार व्यवस्थापन विभागले गृहमन्त्रालय समक्ष सिफारिस गरेको हो ।

सिफारिस सर्वोच्चको आदेश विपरित
सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

यो आदेश विपरित कारागारले कैद मिनाहाका लागि सिफारिस गरेर पठाएको हो ।

कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनका आधारमा कैदीलाई छाड्न सक्ने प्रावधानमा टेकेर सरकारलाई उनलाई मुक्त गर्न लागेको हो । तर के ढुंगेल असल चालचलन भएका कैदी हुन् ? अदालतको आदेश पालना नगर्ने ढुंगेल अहिले आममाफीयुक्त कसरी हुने ?

०७४ मा जेल जाँदाका कुरा
ढुंगेल ०७४ सालमा जेल जाँदा नै चर्चा खुबै चुलियो । काठमाडौं उपत्यकामा भएको फरार अपराधी एकाएक पक्राउ पर्छ र जेल जान्छ । यो कसरी सम्भव भयो ? तर एमाले र माओवादीबीच पार्टी एकीकरण हुने चर्चा भएपछि ढुंगेललाई पक्राउ गरी जेल हालेपछि यही गणतन्त्र दिवस (जेठ १५) को अवसर पारेर छुटाउने योजना पार्टीहरुबीच बनेको थियो ।

त्यही योजनाअनुसार सम्भवतः ढुंगेल जेठ १५ गते छुट्नेछन्।

यस्तो छ विगत
०५५ सालमा ढुंगेलमाथि हत्या आरोप लागेको थियो
०६१ सालमा ढुंगलमाथि जन्मकैदको फैसला भएको थियो
०६३ सालमा ढुंगेल जेलमुक्त
०६६ सालमा पुनः जन्मकैद
०७० सालमा ढुंगेल माओवादी केन्द्रका उम्मेदवार
०७१ सालदेखि फेरि अपराधी भन्दै खोजी सुरु, ढुंगेल बेपत्ता भएको हल्ला, तर प्रहरीले नै पक्राउ नगरेको गुनासो, गृहमन्त्री बामदेव गौतमद्धारासमेत ढुंगेल फेला नपरेको जनाउ ।
०७३ सालमा ढुंगेल अचानक सम्मानित । तर प्रहरीले उनलाई पक्राउ गर्ने कुनै कारण नै देखेन ।
०७४ सालमा ढुंगेल पक्राउ परी पुनः जेलमा । अहिलेसम्म जेलमै ।
०७५ सालमा ढुंगेललाई आममाफीको तयारी ।
हाम्रोकूरावाट