८ जेठ
कूश्मा पर्वत । कूश्मा नगरपालिका वडा नं.४,५,६ र ७ वडा कूश्मा वजार भित्रको ढल व्यवस्थापनका लागी डिपिआर तयार हूने भएको छ । आज कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीको अध्यक्षतामा वसेको सर्वपक्षिय भेलाले कूश्मा वजारमा ढल व्यवस्थापनका लागी खांचो रहेकाले यस्को दिगो समाधानका लागी दिर्घकालिन योजना वनाउन माग गरे । कूश्मा नगर प्रमूख रामचन्द्र जोशीको वारम्वारको आग्रह र पहलमा खानेपानी तथा ढल निकास विभागले कूश्मा वजारको कोर क्षेत्रको ढल व्यवस्थापन गर्नका लागी डिपिआर गर्न सहमत भएको हो । नेपाल राज्यका २२ वटा नगर क्षेत्र मध्ये यस वर्ष खानेपानी तथा ढलनिकास विभागले कूश्मा नगरलाई छनौट गरि डिपिआर तयार गर्न लागेको हो ।
कूश्मा नगरको डिपिआरको विस्तृत विवरणको वारेमा प्रकाश पार्दै पिस कन्सल्टेन्टका आशय ओझाले कुश्मा वजारको कोर स्थानको ढल व्यवस्थापनका लागी टिटमेन्ट प्लान सहितको कार्यका लागी ४ रोपनी जग्गा चाहिने,तरल र ढोस पदार्थ छुट्टाछुट्टै व्यस्थापन हुने,ढलमा सेप्टी टैक सिधै जडान गर्न पाईने भएको जानकारी गराएका थिए । उनले नगरको दिगो व्यवस्थानका लागी यो महत्वपूर्ण कार्य हुन सक्दछ भने । स्मार्ट सीटिका लागी ढल व्यवस्थापन मूख्य कार्य रहेको जानकारी दिए ।
उक्त नागरिक समाजका अगूवा,उद्योगी व्यापारी र कुश्मा नगरवासीको भेलाले चित्रकला भारती शर्माको संयोजकत्वमा १३ सदस्यीय समिति ढल व्यवस्थापन जग्गा छनौट समिति गठन गरिएको छ । जस्मा मान कूमारी गिरी,रुद्र गिरी,सूवासचन्द्र पौडेल,केदारनाथ शर्मा,वावूराम जोशी,तोयनाथ चालिसे,कमलनाथ पोख्रेल,तारानाथ शर्मा,मिन प्रसाद श्रेष्ठ,विष्णू नेवार र प्रेम गूरुड रहेका छन् ।
उक्त भेलामा स्थानिय उपभोक्ताहरु वसन्त वहादूर सिके,कमलनाथ पोख्रल,तोयनाथ चालिसे,लक्ष्मण श्रेष्ठ,राजेन्द्र पहाडी,केदारनाथ शर्मा,गणेश वहादूर क्षेत्री,शिवराज शर्मा,विष्णू नवार,नेत्र पराजूली,मानकूमारी गिरी लगायतले आपनो धारणा राखेका थिए ।
कुश्मा नगर प्रमूख राम चन्द्र जोशीको अध्यक्षमा भएको भेलाले नगरको समग्र विकासका लागी ढलनिकास अपरिहार्य भएकाले डिपिआर निर्माणको कार्य अगाडी वढाउने निश्कर्ष निकालेको छ ।
आगामी असार मसान्त भित्र सम्पन्न गर्ने उक्त डिपिआर दुर्तगतिमा तयारी गर्ने कूरा पिस कन्सल्टेन्टका ईन्जिनियर आशय ओझाले वताए । डिपिआर वमोजिम निर्धारण गरिएको लागतलाई स्वीकृत गरी ८५ प्रतिशत संघिय सरकारको लगानी र १५ प्रतिशत स्थानिय सरकारले व्यहोर्नूपर्ने कूरा नगर प्रमूख रामचन्द्र जोशीले वताए ।