५ जेठ
पर्वत । नेपाल तरुण दल पर्वतको जिल्ला स्तरीय तरुण प्ररिक्षण कार्यक्रम पर्वतको कुश्मामा उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निर्वतमान साँसद अर्जुनप्रसाद जोशीले काँग्रेसप्रति तरुणहरको ठुलो जिम्मेवारी रहेको उनले वताए । उहाँले कम्युनिष्ट सासन विश्वमा कहि टिकेको छैन,नेपालमा त परौंको कुरा भन्नुभयो । उनले समयको परिवर्तित व्यवस्थालाई हाँक्नका लागि तरुण परिवर्तित हुनुपर्ने तर्क राखे । कार्यक्रमका प्रमृुख अतिथी समेत रहेका जोशीले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनु पर्नेमा जोड दिए । हरेक तरुण नेता आफू परिर्वतन हुन आवश्यक रहेको बताउँदै, सधैँ नेतृत्व तहको प्रशंसा मात्र नगरेर भएका कमजोरीलाई सच्याउन निर्देश दिन सक्ने तरुण आजको आवश्यकता भएको जोशीले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वत सभापति खिमप्रसाद भुषालले पार्टीले भातृसंस्थाहरुको संरक्षण गरेर काँग्रेसलाई नयाँ शिरवाट अगडी बढाउने बताए । कार्यक्रम नेपाली काँग्रेसका पूर्व सभापति नवराज गुरुङले तरुण दलको शसक्तिकरणमा जोड दिए । कार्यक्रममा नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज‘ले तरुण दल पार्टीको खम्बा भएपनि नेताहरुको बेवास्ताको कारण राज्यले आफुहरुलाइ प्रमुख निशाना बनाएको आरोप लगाएका थिए । प्रशिक्षण कार्यक्रममा पर्वत जिल्लाभरिका करिव २ सय भन्दा बढि युवाहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य बसन्तबहादुर सिके, अर्का महासमिति सदस्य नवराज गुरुङ, नेपाली काँग्रेसका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी र नेपाली काँग्रेसका नेता राम शर्माले कार्यक्रममा सहजिकरण गरेका थिए । प्ररिक्षण कार्यक्रममा संगठन सुदृढिकरण, आगमी रणनीति र तरुण दलको सैद्धान्तिक पक्षकाबारे प्रशिक्षण दिईएको नेपाल तरुण दल पर्वतले जनाएको छ ।
नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज‘को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दलका केन्द्रिय महिला प्रतिनिधी मुना भुषाल र कार्यक्रमको सन्चालन नेपाल तरुण दलका सदस्य सन्तोष हमालले गरेका थिए । तरुण दलको प्रशिक्षण कार्यक्रमले तरुण दलमा आवद्ध युवाहरुलाई थप संठित गरेको र शशक्त रुपामा जनतामा समर्पित हुन प्रेरण मिलेको बताएका थिए ।
Home Flash News परिवर्तित व्यवस्थालाई हाँक्नका लागि तरुण परिवर्तित हुनुपर्ने : केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी









