३ जेठ
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् ।
यो खेल ३१ मेमा इंगल्याण्डको लर्डसमा हुनेछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।
किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।
खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ ।
वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।
आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वर्ल्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’
आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वल्र्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’
‘आफूले टेलिभिजनमा मात्र देखेका खेलाडीसँग डे्रसिङ रुम सेयर गर्ने, अभ्यास गर्ने र खेल्ने मौका मेरा लागि ठूलो छ । यो अवसरको फाइदा उठाउँदै म धेरै कुरा सिक्नेछु’ उनले आईसीसीसँग भनेका छन् ।









