३० वैशाख
तनहु : तनहुँको दमौलीमा रहेको मादी खोलामा रहेको पुलमा बम जस्तो शंकास्पद बस्तु फेला परेको छ । मादि नदि पुलकोबीच भागमा झोला भित्र कुकर राखिएको भेटिए पछि त्यहाँ प्रहरी र सेना परिचालन भएका छन ।
बिहान मर्निङ वाक गर्न आउने सर्बसाधारणले झोला भित्र कुकर देखेपछी प्रहरीलाई खबर गरेका थिए । दमौलीमा डिस्पोजल गर्ने टोलि नहुँदा आबुखैरेनीबाट मगाउनुपर्ने भएकाले केहि समय ढिला भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बिहान मर्निङ वाक गर्न आउने सर्बसाधारणले झोला भित्र कुकर देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो । चापाघाटमा रहेको नेपाली सेनाले निरीक्षण गरेर गएपनि हालसम्म डिस्पोजल टोलि आउन सकेको छैन । दमौलीमा डिस्पोजल गर्ने टोलि नहुँदा आबुखैरेनीबाट मगाउनुपर्ने भएकाले केहि समय ढिला भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
झोला भित्र रहेको कुकर सेनाको टोलिले निरीक्षण गरेपनी अहिले सम्म डिस्पोजल टोलि आएको छैन । मादी नदिको पुलमाथी अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
बिप्लप माओवादिले गरेको नेपाल बन्दको कारण उनीहरुले शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ । पुललाई सेना र प्रहरीले सुरक्षा दिएका छन् ।
मादिको पुल वारी र पारिका स्थानीय बासिन्दा भने अहिले त्रसित छन् । दमौलीमा डिस्पोजल गर्ने टोलि नहुँदा आबुखैरेनीबाट मगाउनुपर्ने भएकाले केहि समय ढिला भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।









