बैशाख ३०
प्यूठान : महेन्द्रनगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरीकार्यालय प्रमुख डीएसपी राजेन्द्र पोखरेलले बताए।

मृत्यम मध्ये चालक कैलाीका बिरबहादुर थारुको पहिचान भइसकेको र एक मृतक महिला बसमा च्यापिएको हुँनाले त्यसलाई बसलाई काटेर बाहिर निकाल्ने काम भइरहेको समेत उनले जानकारी दिए। घाइते मध्ये गम्भिर पांच जनालाई लुम्बिनी अस्पताल पठाइएको र अन्य १७ जनाको प्युठानको बिजुवार अस्पतालमा उपचार भइरहेको समेत उनले बताए।