बल्छी ध्रुवेका नामले चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठले लगनगाँठो कसेका छन्।

शुक्रबार राजधानीको म्हेपीस्थित मन्दिरमा उनले करुणा खड्कासँग विवाह गरेका हुन्। गोरखाका स्थायी बासिन्दा श्रेष्ठले लमजुङकी खड्कासँग विवाह गरेका हुन्।

उनीहरु विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। उनीहरुले कुनै तामझामविना सुटक्क विवाह गरेका छन्।

विवाहपछाडि सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै श्रेष्ठले लेखेका छन्, ‘आज बाट जिन्दगीको नयाँ अध्याय सुरु गरियो, हामीलाई शुभकामना दिनुहुने सम्पुर्ण मायालु मनहरुप्रति आभारी छौँ।’

श्रेष्ठ चर्चित हस्य टेलिसिरियल ‘मेरी बास्सै’को बल्छी ध्रुवेबाट चर्चित बनेका हुन्।
https://youtu.be/J3I5t-LaQt4