२९ वैशाख
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय जनता पार्टीका एक नेताले जनकपुरलाई भारतमा गाभ्न भन्दै खतरानाक सुझाव दिएका छन् ।
दुई पटक भारतीय लोक सभाका सदस्य भइसकेका भारतीय जनता पार्टीका नेता कीर्ति आजादले शुक्रबार मोदी जनकपुर ओर्लिएलगत्तै मिथिलाको राजधानीलाई भारतमा गाभ्न सुझाव दिएका हुन् ।
‘आदरणीय नरेन्द्र मोदीजी मिथिलाको राजधानी जनकपुर धाममा तपाईँलाई स्वागत छ’, उनले भनेका छन्, ‘दुई सय वर्ष पहिले अंग्रेज र नेपालबीच भएको सन्, जसमा मिथिलाको भाग नेपाललाई दिइएपछि मिथिला क्षेत्र समाप्त भयो । अनुरोध छ यसलाई फिर्ता लिएर मा सीताको आदर गर्दै मिथिला राज्यको गठन गर्नुस् ।’
आजादको भनाइप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विट गर्दै यसको ठाडो बिरोध गरेका छन् । उनले भनेका छन्, ‘भारतीय प्रम मोदीको नेपाल भ्रमणको समयमा नै एक भारतीय सांसद किर्ती आजादले सामाजिक संजाल मार्फत नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पुग्ने गरी व्यक्त गरेका बिचारको घोर भर्त्सना गर्दछु।’
यदि उनले भने जस्तो हुने हो भने भारतले पाउने भुमि भन्दा कैयौ गुणा बढी भुमि नेपालले पाउने स्पस्ट उदाहरण छ । पुर्व टिस्टा देखि पश्चिम कांगडा त्यस्तै दक्षिणको लंका सम्मको भुमि नेपालको रहेको पुरानो तथ्यांक स्पस्ट छ ।
आजादले बिहारका मुख्यमन्त्री नितिश कुमारको पनि ध्यानाकर्षण गराउँदै २ सय वर्ष पहिले नेपाल-अंग्रेस सम्झौताका क्रममा नेपाललाई दिइएको मिथिला भूमि वापस लिएर मिथिला राज्य बनाउन सुझाव दिएका छन् ।
आजादलाई एक हत्याको मामिलामा केही महिनाअघि भारतीय जनता पार्टीले निलम्बन गरेको छ । भाजपा नेताकै एक बाबुको हत्या अभियोगमा निलम्बनमा परेका उनी यसअघि दिल्ली बिधान सभाका सदस्य पनि भइसकेका छन् ।










