२८ वैशाख
पर्वत । कुश्मा नगरपालिका पर्वतले आगामी आ व को दुई बर्ष भित्र कुश्मा बजार भित्र रहेका सवै सडकहरु स्तरन्नती सहित कालोपत्रे गर्ने भएको छ ।
शहरी बिकास मन्त्रालयको शहरी सघन विकास कार्यक्रम अन्तर्गत कुश्माबजार भित्रका मुल सडकहरु कालोपत्रे र मर्मत हुने भएको छ ।
कुस्माबजारमा स्थानियबासीको समेत जनसहभागितामा डेढ दशक अघि कालोपत्रे गरिएका सडकहरु भत्केर जीर्ण भएका छन । यसरी जीर्ण भएका सडकमा ब्यबस्थित फुटपाथ सहितको सडक निर्माण गर्न शहरी बिकास तथा भवन निर्माण डिभीजन पोखराले बैषाख २३ गते बोलपत्र आब्हान गरेको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार कुस्मा बजारको झण्डै ५ किलोमिटर मुल वाटोहरु निर्माण र मर्मत पछि जीर्ण र भत्केका पूर्वाधार निर्माण सम्पन्न हुनेछन । ‘कुस्माबजारको मुख्य शहरी क्षेत्रका सबै सडक कालोपत्रे र मर्मत हुनेछन’ उनले भने सडक मर्मतका लागि ९ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।

कुस्माको शिबालयचोक देखि प्रगतिचोक, डम्डारेखोला देखि बड्गाउँ, दुर्लुङ्गचोक देखि बगैंचाचोक हुँदै मेलमिलापचोक, साझाचोकबाट बान्द्रेबिडी, नारायणमाबि देखि यान्त्रिकपुल तथा बजारभित्रका अन्य साना सडकहरु कालोपत्रे हुनेछन । यसरी कालोपत्रे हुने सडक ६ मिटर भन्दा बढी फराकिलो हुनपर्ने भएकाले साँघुरो सडकहरुमा मर्मतको काम हुन नसक्ने भएको छ । सबै सडकमा दोहोरो नाली बनाईने र नालीमाथि स्लाब राखेर फुटपाथ निर्माण हुने प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । दुई दुई मिटरको फरकमा सडकबत्ती समेत जडान गरिने छ । बाटो बिस्तारका अब्यवस्थित रुपमा रहेका पिडी तथा पर्खालहरु समेत भत्काउन आवश्यक हुन सक्नेछ भएकाले त्यसका लागि सम्पुर्ण नगरवासीहरुलाई पुर्व तयारी मनस्थितीमा रहन समेत जोशीले सामाजिक सञ्जाल मार्फत आग्रह पनि गरेका छन ।
कुस्माबजारका जीर्ण सडकहरु तत्कालिन जिल्ला बिकास समितिको सहयोगमा स्थानियबासीको ५० प्रतिशत लागत सहभागिता सहित २०५९ साल देखि कालोपत्रे थालिएको थियो । धेरै सडकहरु स्थानियबासी र गाबिस तथा जिबिसको लगानीमा कालोपत्रे गरिएपनि कुस्माबजारमा खानेपानीको पाईप र टेलिफोनको तार बिच्छयउने तथा जथाभाबी रुपमा निर्माण सामाग्री थुपार्ने कार्यले जीर्ण भएका छन । जीर्ण भएका सडकहरु मर्मत हुन नसक्दा धेरै ठाउँमा कालोपत्रे सडक धुले सडकको रुपमा परिणत भएको छ । जीर्ण सडक मर्मत हुन नसकेको भन्दै नेकपा ( माओबादी ) केन्द्र कुस्मा नगरकमिटीले ब्यङ्गय गर्दै यस अघि सेतो घेरो लगाउने अभियान समेत थालेको थियो ।
शहरी सघनविकास कार्यक्रम भएकाले साविकको शिवालय गाविस भित्रको वजार क्षेत्रलाई मूख्य आधार वनाएको छ । शहरी विकास मन्त्रालयको मापदण्डअनूसार हाललाई शहरी क्षेत्रमा मात्र उक्त कार्यक्रम केन्द्रित भए पनि विस्तारै जनघनत्व भएको स्थानमा विस्तार हुनेछ ।
नगर प्रमूख रामचन्द्र जोशीलाई साविक शिवालय गाविसमा पुर्वाधार निर्माण तर्फ वजेट विनियोजन नभएको कूश्मा वजारका सडकहरुमा मर्मत का लागी वजेटमा ध्यान नदिएको जस्ता आरोप लागेको थियो । शहरी विकासमन्त्रालय संगको छलफल र सहकार्य अनूसार नै कूश्मा वजारका सडकहरु पूर्णतया मर्मत हूने भएकाले नगर परिषद वाट कूश्मा वजारको पुर्वाधार सडक निर्माणका लागी वजेट विनियोजन नभएको नगर प्रमूख रामचन्द्र जोशीले वताए ।
अव ६ मिटर मापदण्ड पूगेका कूश्मा वजार भित्रका सवै सडकहरु कालो पत्रेहूने भएका छन् ।