२६ साउन कुश्मा पर्वत, मुना शर्मा लामिछाने । यूवाहरूकाे व्यक्तीत्व तथा नेतृत्व विकासका लागी कृयाशिल जेसीज हरेक मनाउदै अाएकाे जेसिज सप्ताह यस बर्ष पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईने भएको छ । आज पर्वत सदरमुकाम कुश्मा बजारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि पर्वत जेसीजले बिभिन्न कार्यक्रमहरु गर्न लागेको जानकारी गराएको छ ।
शासन विधिकाे हुन्छ व्यक्तिकाे हाेइन भन्ने मुल अादर्श वाट संचालित पर्वत जेसीजले गर्ने कार्यक्रमहरुको जानकारी गराउँदै मुल संयोजक जेसी सुमन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार यहि २८ गते पर्वत क्षेत्र न. १ का सांसद अर्जुन जोशीले उद्घाटन गरेपछि शुरु हुने जेसिज सप्ताहमा यस्ता प्रकारका कार्यक्रम हुनेछन् ।
जसमा यहि २८ गते बिहान ७ ः ३० बजे युनिभर्षल पार्टी प्यालेसमा सप्ताह ब्यपी कार्यक्रमको उद्घाटन तथा युवा सम्मान कार्यक्रम हुनेछ जसको कार्यक्रम संयोजकमा जेसी मञ्जुमार सिलाकार, २९ गते दिउसो २ः३० बजे उत्प्रेरणा तालिम युनिभर्षल पार्टी प्यालेसमा हुनेछ जसको संयोजक जेसी धिरजकुमार यादव, ३० गते बिहान ६ बजे गुप्तेश्वर गुफा सरसफाई एंव प्रसाद ग्रहण कार्यक्रम जसको संयोजक जेसी सुरेन्द्र पौडेल, ३१ गते बिहान ९ ः ३० बजे दृष्टीबिहीनलाई सहयोग हस्ताण्तरण कार्यक्रम शिवालय उच्च माविमा हुनेछ जसको संयोजक जेसी गणेश पौडेल (जयदुर्गे) रहनुभएको छ ।
यस्तै ३२ गते बिहान ११ बजे अन्तर माबि स्तरिय लोकनृत्य प्रतियोगिता युनिभर्षल पार्टी प्यालेसमा हुनेछ जसको संयोजक जेसी गणेश पौडेल (टु आरजी), भाद्र १ गते बिहान ९ः ३० बजे जेसीज गाउँ चुवामा बिभिन्न कार्यक्रम मंगोलदय माबिमा हुनेछ जसको संयोजक गोकुल चापागाई, भाद्र २ गते समापन तथा पुरस्कार बितरण कार्यक्रम युनिभर्षल पार्टी प्यालेसमा हुनेछ जसको संयोजक जेसी उषा पौडेल रहनुभएको छ भने यहि दिन साझँ समिक्षा बैठक हुनेछ जसको संयोजकमा जेसी राजु शर्मा रहनु भएको छ । यी विभिन्न कार्यक्रम सहित जेसिज सप्ताह यसबर्षको लागि समापन हुने जेसिज पर्वतका अध्यक्ष प्रेम कुमार गुरुगं अशोकले बताउनु भयो ।
जेसी प्रेम कुमार गुरुगं अशोकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जेसिज सप्ताह कार्यक्रम सफलताको लागि शुभकामना पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारिले दिनुभएको थियो भने कार्यक्रमको संञ्चालन महासचिव जेसी हिमाल केसीले गर्नुभएको थियो ।








