१६ चैत्र
धनुषा,धनुषामा १४ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् ।
धनुषाको सहिदनगरपालिका–८, की ती बालिकालाई घरमा आमाबुबा नभएको मौका छोपी स्थानीय दुई पुरुषले बलात्कार गरेको प्रहरीलाई पीडित बालिकाले बयान दिएकी छिन् ।
स्थानीय ३२ वर्षका मनोज नरसरिया र ३० वर्षका दिपेश बिराजीले बुधबार राति ११ बजे बालिकालाई घरबाट बाहिर लागि बलात्कार गरेका हुन् । उनीहरुले बलात्कारको मोबाइलबाट भिडियोसमेत बनाएर फरार भएको स्थानीय बासिन्दाले बताएका छन् ।
पीडित बालिकालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । प्रहरीका अनुसार ती बालिकाको आमाबुवा आफन्तको घरमा गएका थिए भने घरमा सुस्तमनस्थितिकी फूपू मात्र हुनुहुन्थ्यो ।
घटनाको विषयमा बिहीबार बिहान मात्रै आफूले थाहा पाएकाले बालिकालाई उपचारका लागि पठाएको र आरोपीहरुको खोजविनसँगै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।









