३० फागून
काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा २२ जना नेपालीले ज्यान गुमाएका छन् । त्रिवि शिक्षण अस्पतालमा राखिएको शव बुझ्न आएका आफन्तले दिएको जाहेरीका आधारमा ज्यान गुमाएका सबै नेपालीहरुको ठेगाना पनि पहिचान भएको छ ।
२२ जना मृतकहरुमध्ये १२ जना बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरु रहेका छन् भने दुई जना कतारबाट बंगलादेश हुँदै नेपाल फर्किदै गरेका कामदार र बाँकी बंगलादेशमा विभिन्न तालिम तथा कार्यक्रममा भाग लिएर फर्किएकाहरु रहेका छन् ।
मृतकहरुको ठेगाना यस प्रकार छ ।
१. महोत्तरी मनरा सिश्वा–४ का २३ वर्षीया श्रेया झा
२.सिन्धुली बेलघारी गाउँपालिका घर भइ हाल धुम्बाराही बस्ने २४ वर्षीया चारु बराल
३. नुवाकोट विदुर नगरपालिका ८ बस्ने २४ वर्षीया श्वेता थापा
४. कास्की माछापुच्छ्रे गाउँपालिका ९ की २५ वर्षीय सञ्जय पौडेल
५. लम्जुङ बेशीशहर नगरपालिका १ की २२ वर्षीया पूर्णिमा लोहनी
६. सिन्धुली गोलाजोर गाउँपालिका ६ की २५ वर्षीया एल्जिना बराल
७. ललितपुर महानगरपालिका १२ की २४ वर्षीया आसना शाक्य
८.चितवन भरतपुर महानगरपालिका ६५ वर्षीया ज्ञानी कुमारी गुरुङ
९. ललितपुर महानगरपालिका ८ बस्ने २४ वर्षीया निगा महर्जन
१०. चन्द्रागिरी नगरपालिकाकी २४ वर्षीया एन्जिला श्रेष्ठ
११. काठमाडौं महानगरपालिका ९ बस्ने ३२ वर्षीया सजना देवकोटा
१२. बैतडी डिलासैनी नगरपालिका ५ को ४२ वर्षीय शोबिन्द्र सिंह बोहरा
१३.तनहुँ व्यास नगरपालिकाका ४२ वर्षीय हरिशंकर पौडेल
१४. सर्लाही कविलासी नगरपालिका ३ बस्ने २३ वर्षीय अवधेश कुमार यादव
१५.काभ्रे–३ कुशादेवी गाउँपालिका हाल पनौति बस्ने डा बालकृष्ण थापा
१६. काठमाडौं टोखा नगरपालिका ५–बस्ने २८ वर्षीय प्रशन्न पाण्डे
१७.काठमाडौं महानगरपालिका १५–बस्ने ३८ वर्षीय प्रविन चित्रकार
१८.झापा कनकाइ नगपालिका बस्ने ४५ वर्षीया शीला बजगाई
१९.ललितपुर महानगरपालिका महालक्ष्मी–८ बस्ने २२ वर्षीया लिलि महर्जन
२०. ललितपुर महानगरपालिका महालक्ष्मी–८ बस्ने २५ वर्षीय सञ्जय महर्जन
२१. बाराका कृष्णकुमार सहनी
२२. ललितपुर लुभुका २४ वर्षीय २४ वर्षीया सरुना श्रेष्ठ
शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ । अस्पतालमा शव बुझ्नका लागि आफन्तको भिड लागेको छ ।








