२१ साउन चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको छ । प्रमुखकी उम्मेदवार माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसंग मतान्तर कम गर्दै लगेकी छिन् ।
यसअघिको निर्वाचनमा देवी ज्ञवालीले झण्डै आठ मतको अन्तरले अगाडि रहेकामा अहिले भने रेणु दाहालले मतान्तर कम गर्ने क्रममा मात्र ६१३ मतले पछाडि छिन् ।
ज्ञवालीको ४१४१८ मत हुँदा ४०८०५ मत रहेको छ । मतान्तर ६१३ मतको रहेको छ ।
विशेष सुरक्षा व्यवस्थाबीच मतगणना भइरहेको छ । सीसीटीभीबाट मतगणनाको निगरानी भइरहेको छ ।
यसअघि राजनीतिक दलसँगको सहमतिपश्चात् शुक्रबार राति १०ः३० बजेबाट मतगणनास्थल कभर्डहलमा मतगणना सुरु गरिएको थियो ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रबार पुनःमतदानपछि सुरु गरिएको हो ।
मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।
वडा नं.१९ काे मत गणाना सकिने समयमा रेणु दाहालले झिनाे मतले लिड गर्न सक्ने अनुमान गरेका छन् ।








