९ फागून
विभिन्न हत्याका घटनामा मुछिएका रुपन्देहीका मनोज पुनको बुधवार बिहानै प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीका अनुसार, रुपन्देहीको देवदहमा प्रहरीमाथि फायर गरेपछि जवाफी कारवाही गर्ने क्रममा पुनसहित उनका सहयोगीलाई गोलि लागेको थियो । पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन् ।

रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा राती ३ बजेदेखि साढे ३ बजेबीचको प्रहरी कारवाहीमा गम्भिर घाइते भएका पुन र आलेको बिहान साढे ५ बजे लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु् भएको प्रहरी प्रमुख एसपी ज्ञवालीले बताए

एसपी ज्ञवालीले पुनसँग जम्काभेट भएको यसरी सुनाए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइवी)बाट गुण्डा मनोज पुनसहितको टोली रुपन्देही आएको सुचना प्राप्त भयो । मनोज पुन र उसका केटाहरु आएको सुचना प्राप्त भएपछि सीमा नाकाहरु देखि विभिन्न स्थानमा ब्यापक प्रहरी परिचालन गरेका थियौं ।

खोजतलास र सर्च गर्ने क्रममा सिआइवीको प्राविधिक टोलिबाट लोकेसन प्राप्त गर्दै कारवाही अगाडी बढाउदै लगेका थियौं । जताततै खोजी गरिरहेका थियौं भने उसको घरतीर पनि गएर खोजी गरिरहेका थियौं ।

 

मनोज पुन र उसका केटाहरु आएको सुचना प्राप्त भएपछि सीमा नाकाहरु देखि विभिन्न स्थानमा ब्यापक प्रहरी परिचालन गरेका थियौं ।

 

सोही क्रममा बिहान करिब ३ बजेको समयमा रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसग जम्का भेट भयो । जम्का भेट हुने वित्तिकै उताबाट फायर भयो, हाम्रो (प्रहरीको) मोटरसाइकलमा लाग्यो । त्यसपछि जवाफी कारवाही सुरु भएको हो ।

जवाफी कारवाहीमा मनोज पुन र सोम आले घाइते भएपछि उनीहरुलाई लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको हो र अस्पतालमा विहान करिव साढे पाच बजे उनीहरुको मृत्यु भएको हो ।

देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसग जम्का भेट भयो । जम्का भेट हुने वित्तिकै उताबाट फायर भयो, हाम्रो (प्रहरीको) मोटरसाइकलमा लाग्यो । त्यसपछि जवाफी कारवाही सुरु भएको हो ।

घटना स्थलबाट एउटा पेस्तोल बरामद भएको छ । एउटा मोटरसाइकल पनि वरामद भएको छ । मोटरसाइकलमा लु १३ प ३३७६ नम्वरको प्लेट लगाइएको भएपनि सो नक्कली नम्वर प्लेट हो । भारतीय नम्वर प्लेटको पल्सर मोटरसाइकल जुन उनीहरुले प्रयोग गरेका थिए, त्यसलाई वरामद गरेका छौं । एउटा ल्यापटप, केही डायरीहरु पनि वरामद गरेका छौं ।

अर्कै नाममा पार्सपोर्ट लिएको पनि पाइयो

मनोज पुनले सुनिल कुमार मगरका नाममा नवलपरासीबाट पार्सपोर्ट(राहदानी) बनाएको पनि पाइएको छ । उसले एटीएममा समेत अर्कै नाम राखेको पाइएको छ । ल्यापटप तथा डायरीहरु वरामद भएकाले ती अध्यान गरेपछि थप तथ्यहरु खुल्दै जानेछन । अपराधमा संलग्न बाकी अपराधीहरुबारे पनि थप तथ्य खुल्दै जानेछ ।

गोवामा पक्राउ परेको र ल्याएर मारेको आरोप गलत 

मनोज पुन भारतको गोवामा पक्राउ परेको भन्ने गलत हो । भारतमा पक्राउ परेर ल्याइएको होइन । यसमा कुनै सत्यता छैन । भारतमा पक्राउ परे भन्ने प्रयोजित हल्ला हो । बलु हत्यामा संलग्न दुइ जना पक्राउ तथा हत्यामा प्रयोग भएका हतियार वरामद भएपछि स्थानिय वासिन्दामा अब मनोज पुनलाई पैसा नदिएपनि हुन्छ भन्ने हुन थाल्यो । फिरौती रकम पाउन छाडेपछि अर्को अपराध गर्ने र डर त्रास कायम राख्ने योजनाका साथ त्यस्तो हल्ला फैलाइएको हुन सक्छ ।

यस्ता अपराधमा जोडिएका थिए पुन

एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको २०७३ पुस ४ गते दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो । रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ बाटोमा अपरान्ह गोली प्रहार भएको थियो ।

आक्रमणकारीले गोलि छातीको वाया साइटमा अर्थात मुटुमै हानेका थिए । यस हत्यामा मनोज पुन जोडिएका थिए । तिवारी इमान्दार कार्यकर्ताका रुपमा चिनिन्थे भने समाजमा पनि उनी राम्रोसग घुलमिल थिए ।

बलुको हत्यामा मनोज

गत पुस २१ गते शुक्रवार विहान करिब ११बजे बसन्त पौडेल बलु र उनकी श्रीमति आफ्नै सः मिल भएको स्थान देवदहको ढेकारमा आगो तापेर वसेका बेला पौडेलको छातिमा गोलि हानिएकोे थियो । गोलि लागि गंभिर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो । जहा उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

गोलि हानी हत्या भएलगत्तै मनोज पुनले आफूले हत्या गराएको भन्दै घटनाको जिम्मा लिएका थिए । आफू मलेशिया बाट वोलेको भन्दै आफ्ना केटाहरुले बसन्तको हत्या गरेको उनले बताएका थिए । एमाले कार्यकर्ता बसन्त पौडेल एमालेका स्थानिय नेता निलकण्ठ पौडेलका एक मात्र छोरा थिए ।

साविकको केरवानी गाविसको पूर्व अध्यक्ष निलकण्ठ देवदह क्षेत्रका समाजसेवीका रुपमा पनि चिनिन्छन । उनका छोरा बसन्त पनि इमान्दार कार्यकर्ताका रुपमा रहेका थिए । विगतमा युवा संघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका बसन्त युवा संघपछि पार्टीको सदस्य भएर रहेका थिए ।

युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीसगै युवा संघको राजनीतिमा सक्रिय बसन्त युवा संघमा इमान्दार पक्तिंमा गनिन्थे । ब्यवसायमा पनि हात हालेका बसन्तले आफ्नै काठ मिल(उज्वल सः मिल) चलाउदै आएका थिए । नयापत्रिकादैनिक वाट