६ फागुन
एजेन्सी – समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् ।
युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ । धेरैले उनको तस्वीरमा लोभलाग्दा कमेन्ट पनि गरेका छन् ।
उनी भारतको मलयाली नायिका प्रिया प्रकाश वारियर हुन् । १८ वर्षीया प्रिया केरलको त्रिशुरमा बस्छिन् ।
उनको डेब्यू फिल्म ओरु अदार लभ हो । यही फिल्मको मानिक्या मलाराया भिडियो गीत भाइरल भइरहेको छ ।











