रोशन तिवारी
फागुन १ पर्वत ।

गाउँघरमै लघु उद्यम सञ्चालन गरि गरिव र विपन्न समुदायको जीवनस्तर उकास्न लघु उद्यम विकास कार्यक्रम शुरु भएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा यसवर्ष नयाँ उद्यमी वनाउने र पहिले उद्यमी वनेकालाई प्राविधिक सहयोग गर्ने गरि कार्यक्रम शुरु भएको हो ।
यसवर्ष १ सय ७० जना नयाँ उद्यमी सृजना गर्ने गरि कार्यक्रमले लक्ष्य लिएको छ भने ३ सय ४९ जना भैरहेका उद्यमीहरुलाई स्तोरन्नती गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमले जम्मा ५ सय १९ जनालाई सेवा प्रदान गर्नेछ । लघु उद्यम विकास कार्यक्रम र ग्रामीण उद्यमशिलता विकास केन्द्र वागलुङ तथा चौतर्फी विकास श्रोत मञ्चको साझेदारीमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आर्थिक सहयोग मार्फत उद्यमी उत्पादन गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसारको काम शुरु भैसकेको छ ।
ग्रामीण क्षेत्रमा संभावना भएका लघु उद्यमको खोजी गरि स्थानीय निम्न आयस्तर भएका नागरिकलाई तालिम दिएर उद्यम सञ्चालन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ । जिल्लाको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी, जलजला, विहादी, महाशिला, र पैयुँ गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गर्ने गरि स्थानीय तह संग सिफारीस तथा स्वीकृती लिएको हो ।
लघु उद्यम विकास कार्यक्रम (मेडेप) मोडल अनुसार सामाजिक परिचालन, उद्यमशीलता विकास, स्थानीय उद्यमशिलताको अवस्था हेरेर सोहि अनुसारको सीप विकास तालीम, उत्पादीत वस्तुहरुको वजारीकरण लगायतमा उद्यमीहरुलाई सहयोग गरिने चौतर्फी विकास श्रोत मञ्चका कार्यकारी प्रमूख गणेशवहादुर क्षेत्रीले वताए । ‘थोरै पुँजीमा गर्न सक्ने उद्यमहरुको खोजी गरेर रोजगारी सृजना गर्ने कार्यक्रमको लक्ष्य हो,’ क्षेत्रीले भने,‘लक्षित वर्गलाई यसले स्वरोजगार वनाउन सहयोग गर्दै आएको छ ।’
कार्यक्रमले स्थानीय स्तरको संभावना हेरेर वंगुरपालन, वाख्रापालन, कफि खेती, च्याउ खेती, वाँस जन्य वस्तुका सामान वनाउने, मुढा वुन्ने, होजियारी उद्योग, वुटिक वनाउने, विभिन्न खालका अचार वनाउने तालिम दिने गरेको छ । तालिम पश्चात सीपअनुसारको उद्यम सञ्चालन गर्न कार्यक्रम प्रेरित गर्ने गरेको छ । उद्यम सञ्चालन गर्न उद्यमीलाई आर्थिक सहयोग गर्ने गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णुप्रसाद न्यौपानेले वताए । ‘हामीले ग्रैह सरकारी संस्था संग विगतमा पनि यसरी नै उद्यमी सृजना गर्ने गरेका थियौँ,’न्यौपानेले भने,‘गरिवी निवारणमा कार्यक्रम निकै उपयोगी देखिएको छ ।’
कार्यक्रमले वार्षिक प्रतिव्यक्ति आय २५ हजार ३ सय ८१ रुपैयाँभन्दा कम आम्दानी भएका घर परिवारलाई समेट्ने बताइएको छ । स्थानीयस्तरमा पाइने स्रोत, बजारको माग र जनचाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने ग्रामीण उद्यमशिलता विकास केन्द्र वागलुङका अध्यक्ष दानमाया थापाले जानकारी दिईन । कार्यक्रम अवधिभरका लागि रु.७४ लाख ८ हजार २ सय ९४ रुपैयाँ खर्च गर्ने सम्झौता भएको छ । उक्त कार्यक्रममा १० जना क्षमता प्राप्त मानविय श्रोत परिचालन हुने ग्रामिण उद्यमशिलता विकास केन्द्र वाग्लुडका कार्यक्रम संयोजक अनिता तिवारीले