२४ माघ
रौतहट । धुर्मस सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा १२ कठ्ठा जमिनमा निमाण गरेको नमुना वस्ती हस्तान्तरण गरिएको छ ।
वस्ती हस्तान्तरण गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीको उदघाटन एवम् अनुगमन निरिक्षण गरेकी थिइन् । फाउडेशनले ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँको लागतमा सो एकीकृत बस्तीको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ ।
बाढीका कारण घरवार विहिन भई नहरको डिलमा छाप्रोमा बस्दै आएका मुसहर, दुसाद, चमार, लोहार, तेली, थारु जातीका ४७ परिवारको बसोवासका लागि सो बस्ती निर्माण भएको धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ । हाम्राकूरा वाट
























