८ माघ
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ। अाइतबार राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफैं आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ। हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ। अन्नपूर्णपोष्टअनलाईन वाट








