७ माघ
सिसेफ नेपालको दशौ वार्षिकउत्सव समापन तथा चौथो पदस्थापन समारोह सम्पन्न समाजमा क्रृयासील समाज सुधार सेवा मञ्च सिसेफ नेपालको दशौं वार्षिकउत्सवको समापन तथा चौथो पदस्थापन समारोह कुश्मा छमर्के स्थीत ब्लुएन्जल रिसोटमा सम्पन्न भएको छ
सिसेफनेपालका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख मनोहर वि पौडेल रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेल ले सस्थाले सामाजिक परिर्वतनका लागि दशवर्ष देखी गर्दै आएको कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा सस्थापक अध्यक्ष टंकनाथ लामिछाने,सल्लाहाकार गणेश पौडेल,माओवादी केन्द्रका प्रतिनिधि शंखर गीरी,नेपालि काँगे्रशका प्रतिनिधि मोहन आचार्य,नेकपा ऐमाले का पाटी उप सचिव गोविन्द पहाडी ले शुभकामना मन्तब्य राख्नुभएको थियो
दशौ वार्षिक उत्सवको समापन समारोह को अवसरमा संस्थालाई हाल सम्म विशिष्ठ योगदान दिने संथापक अध्यक्ष टंकनाथ लामिछने संथापक उत्प्रेरक भिम प्रसाद श्रेष्ठ,संथापक उपाध्यक्ष रमेश श्रेष्ठ, संथापक कोषाध्यक्ष थमनारायण पौडेल सिसेफ महिला समुहको संथापक अध्यक्ष सरस्वति वस्नेत लाइ दोशल्ला तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
दशौ साधारण सभाले खेलमैदान तथा सुचनाकेन्द्रको पुर्णता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आगमी दुई वर्षका लागी विष्णुराज पुरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको थियो । सोहि अवसरमा र्निवाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा पद भार हस्तान्त्रण गरिएको थियो । कार्यक्रमको संचालन सिसेफ महिला समुहकी सचिव कामना रेग्मी तथा सिसेफका सचिव राजेश पौडेलले गर्नुभएको थियो स्वागत सिसेफ महिला समुह किअध्यक्ष ईश्वरी पाठक ले गर्नुभएको थियो ।
कार्यक्रमा कुश्मा नगरपालिका का विभिन्न वडाका वडाअध्यक्षहरु लायन्स कलवका अध्यक्ष हरु समाजसेवि, पत्रकार उपस्थिती रहेको थियो । नव र्निवाचित अध्यक्ष विष्णुराज पुरीले आगामि कार्यकालको कार्ययोजना प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
संस्था विगत २०६४ साल देखि संगठित भई सामाजिक, सांस्कृतिक, खेलकुद, पर्यटकीय सुचना केन्द्र संचालन, ब्यावसायिक तालीम तथा विभिन्न रचनात्मक कृयाकलाप संचालन गर्दै कुलत, अन्धविश्वास र रुढिवादी विरुद्ध जनचेतना अभिबृद्धि, नेतृत्व विकाश गरी युवाहरुलाई सकारात्मक परिवर्तन मार्फत विकास निर्माणमा अग्रसर गराउने उद्देश्यका साथ युवाहरुमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्दै, मौलीक कला–संस्कृतीको जगेर्ना, पर्वतको पर्यटन तथा खेलकुद प्रवर्दन, सचेतना अभियान, रेडियो कार्यक्र, विभिन्न उत्सव मोह्त्सव,ब्यवासायिक तालिम,कला प्रशिक्षण केन्द्र , सञ्चालन गरी युवाहरुको अन्तरनिहहित गुणलाई प्रश्फुटन तथा ब्यवसायिक समेत बनाउदै समाज सुधारमा अग्राणी भुमिका खेल्दै आएको छ ।








