३० पुष
सुरक्षा निकाय, संचारकर्मी, नागरिक समाजका प्रतिनिधी, कानुन व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागितामा मानवअधिकार सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रममा नेपाल मानव अधिकारको अवस्था, विश्वव्यापी मान्यता, मानव अधिकार उल्लेघनको विविध वस्तुस्थिती लगायतका विषयमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष एवम् प्रशिक्षक अधिवत्ता इन्द्रप्रसाद अर्यालले प्रशिक्षण दिनुभएको थियो ।
नेपाल मानव अधिकार संगठनका जिल्ला शाखा पर्वतका अध्यक्ष हरिनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि. पोखरेल, नेपाल मानव अधिकार संगठनका केन्द्रिय महासचिव महामनीश्वर आचार्य, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नागरिक संञ्जाल पर्वतका अध्यक्ष विश्वराज पाण्डे, नारायण माविका पूर्व प्राचार्य पृथ्वीनारायण आचार्य लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल मानव अधिकार संगठनका जिल्ला शाखा पर्वतका उपाध्यक्ष केदानाथ आचार्य र कार्यक्रमको सञ्चालन नेपाल मानव अधिकार संगठनका जिल्ला शाखा पर्वतका सचिव माधव पौडेलले गर्नुभएको थियो ।








