२२ पुष
नेपाली समाजमा एउटा उखान निकै प्रचलित छ दुई जोईको पोई कुना बसी रोई ठिक यहि उखानले भनेजस्तै हाम्रो समाजमा समय समयमा विभिन्न घटनाहरु घटिरहेका हुन्छन् ।
यस्तै एक घटना राजधानीको संकरापुरमा पनि घटेको छ । सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का घर भइ हाल काठमाडौंको शंकरापुरमा बस्दै आएका एक युवालाई यस्तै आइलागेको छ ।
शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङ पहिले नै विवाहित थिए । तर जब उनि काठमाडौं छिरे र अर्की २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।
शारीरिक श्रम गरेर जीवन गुजारा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीमतीको रुपमा राख्ने दुस्साहस गरे । सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे । तर १७ गते ख्यालख्यालमै दुर्दिन बन्यो । दिउँसै मदिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जिस्किएर कोठामा बसिरहेका थिए ।
यत्तिकैमा कान्छीलाई अँगाले । बाहिर रहेकी जेठी भित्र पसिन् । कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गाली गर्दै भनिन, ‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको ?’ कान्छामानले फकाउने शैलीमा भने धेरै नकरा न, तेरो पनि पालो आउँछ ।
एकातिर कान्छी ल्याएको, अर्कातर्फ काममा जान छाडेर दिउँसै मापसे गरी कान्छीसँग रातिक्रिडामा लीन हुन लागेको देखेपछि जेठीको पारो तात्यो ।
उनले श्रीमान्लाई झम्टीन यस लगत्तै कान्छी रातो मुख लगाउँदै निस्किइन् । तर, अर्धनग्न अवस्थामा रहेका कान्छामानले आफूलाई सम्हालेनन् । बरु मौन रहेर जेठीलाई रिसाएको आँखाले हेरे ।
त्यसपछि गाउँबाट ल्याएको हँसिया उठाउँदै भनिन, ‘मलाई पनि नहुने, तँलाई पनि नहुने, लु जा भनेर कान्छामानको संवेदनशील अंग काट्न थालिन् । त्यतिबेलासम्म रक्सीको नसामा ल, बेपर्वाह, अर्धनग्न कान्छामानले आफूलाई सम्हाल्नै पाएनन् । कान्छामानले ‘ऐया, मलाई मारी’ भनेर चिच्याउन थालेपछि कान्छी हतारिँदै आइन् ।
जेठीले संवेशनशील अंगको माथिल्लो भाग आधाजति रेटिसकेकी थिइन् । कान्छी र श्रीमान चिच्याउन थालेपछि जेठी सम्हालिन् । अहिले तीनै जना प्रहरी नियन्त्रणमा छन् । कान्छामान प्रहरीको निगरानीमा रहेर उपचार गरिरहेका छन् । प्रहरीका अनुसार घटनाको अनुसन्धान अगाडी बढाइएको छ ।








