
१६ पुस
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको आरोपको खण्डन गरेका छन् ।
नतिजा सार्वजनिक गर्नका लागि कानूनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उनको भनाइ छ ।
एमाले नेता सुवास नेम्वाङको आरोपको खण्डन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले यस्तो जवाफ दिएका हुन् ।
रिपोर्टस क्लवमा पत्रकारको प्रश्नको जवाफ दिदै यादवले भने, ‘एमालेका नेताहरुले शंका गर्ने नगर्ने कुरा उहाँहरुको धर्म हो । उहाँहरुलाई नै सोध्नुस् ।’
एमाले नेता तथा पूर्व सभामुख नेम्वाङले निर्वाचन आयोगको भूमिकामाथि आशंका उब्जिएको बताएका थिए ।
नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजालुकाएर राखेको आरोप लगाएका थिए ।
यादवले भने नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधि सभातर्फको समानुपातिक नतिजा सार्वजनिक गर्न मिल्ने दाबी गरेका छन् ।
साक्षत्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रिय सभा चुनव पछि मात्रै प्रतिनिधिसभाको समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने स्पष्ट पारेका थिए ।
यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताएका हुन् ।
संविधानअनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो सोही प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।
रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी जम्मा ती सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।
राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले सोहीअनुसार आयोगले काम गर्ने यादवले बताए ।
यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको जानकारी गराएका छन् ।
राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला सपथ ग्रहण गर्नुपर्ने उनले बताए । सपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको यादवको भनाइ छ ।
समानुपातिकको बन्द सूची तलमाथि गरेको पाइए कार्वाही गरिने
यसैबीच प्रमुख निर्वाचन आयुक्त यादवले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छानविन गरिरहेको बताए ।
‘निर्वाचनआयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचीमा नाम जुन बुझाइएको छ, त्यहीअनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानून र निर्देशिका विपरीत हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।’अनलाईन खवरवाट







