१२ साउन कुश्मा पर्वत,

साउन १७ मा हुने जिल्ला समन्वय समिति पर्वतको निर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेस पर्वतले उम्मेदवार दर्ता गराएका छन्

नेपाली कांग्रेस पर्वतकको निर्णय अनुसार प्रमुख पदमा नेपाल निजामती कर्मचारी संघको भुतपुर्व केन्द्रिय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष समेत भई १६ वर्ष कार्य गरेका,लाईन्स क्लव,रेडक्रस लगायतका दर्जनौ सामाजिक संस्थामा कृयाशिल कुश्मा नगरपालिका वडा नं. ७ का पशूराम पुरीलाई उम्मेदवार वनाएको छ । उनि क्षेत्र नं. १ को  निर्वाचन क्षेत्रविकास कोषको संयोजक समेत रहेका छन् ।

त्यसै गरि उप प्रमुख पदमा कुश्मा नगरपालिका वडा नं. ५ की लालकुमारी सी.के ले उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसको पुर्व महाधिवेशन प्रतिनिधि , नेपाल महिला संघको पुर्व सभापती,अन्तरपार्टी महिला संजालको पुर्व सदस्य, शिक्षक संघको सल्लाहकार समेत रहि दर्जनौ सामाजिक संस्थामा रहेर कार्य गरिरहेकी सि.के लाई पार्टीले उप प्रमुखमा उम्मेदवारीका लागी तोकेको थियो ।

यसैगरी सदस्य पदमा हरिबहादुर कार्की माझफाँट, धनमाया गुरुङ्ग भुक, कालीभक्त शर्मा खुर्कोट, माया कुमारी शर्मा धाइरिङ्ग, लक्ष्मी आचार्य बाच्छा,निर्मलाकुमारी शर्मा शंकरपोखरी, र खैसरा दर्जी बर्राचौर ले उमेदवारी दर्ता गरेका छन ।

त्यसै गरि एमालेले जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश कमिटीका सदस्य तथा दलित नेता मनोहर बिश्वकर्मा पौडेल र सह संयोजकमा पार्टीकी जिल्ला सदस्य तथा पैञ्यु गाउँपालिकाकी सदस्य यामकुमारी रानाले उम्मेदवारी दिएका छन ।

यसैगरी सदस्यहरुमा कुश्मा नगरपालिका ६ का ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका हुन ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका प्रमुख र उप प्रमुखले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । पर्वतमा जिल्ला समन्वय निर्वाचन साउन १७ मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य दलहरुले भने समर्थन जुटाउन असमर्थ रहेका कारण उम्मेदवारी दर्ता गराएका छैनन् । दुइ पार्टीले सबै पदमा उमेदवारी दर्ता गराएका हुन ।