५ पुष
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।
उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २ जना सम्पर्कविहीन छन् । जोखिम बढेपछि नजिकको बस्ती समेत सारिँदै छ ।
आगलागी हुँदा उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेकाे छैन ।
आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा लगिएकाे छ ।
दमकलमा रहेका हवल्दार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् ।
ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् । शवको पहिचान भएको छैन ।
एपीवन टेलिभिजनका जितेन्द्र साहले पठाएको भिडियोः








