२४ मंसीर
डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
डडेलधुराबाट निर्वाचित हुने क्रममा देउवाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लेखराज भट्टलाई हराएका हुन् ।
देउवाले २८ हजार ४४ मत प्राप्त गरे । भट्टले २१ हजार १ सय १५ मत मात्र ल्याए ।








