१७ मंसीर
पर्वत चुनाव प्रचार अभियानमा वाम गठबन्धनका उम्मेदवारलाई कुश्मा नगरपालिका १२ ठुलीपोखरी र १४ आर्थरका नागरिकहरुले टीका लगाएर स्वागत गरेका छन् ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदम गिरी र प्रदेशसभा क्षे त्र नं १ क मा नेत्र अधिकारी उम्मेदवार बन्नुभएको छ । चुनावी अभियान लिएर त्यहा पुगेका उम्मेदवारहरु द्धय गिरी र अधिकारी संविधानमा भएका अधिकार कार्यान्वयन गर्दै किसानहरुको पक्षमा काम गर्ने बाचा गरेका छन् ।
प्रतिनिधिसभाका उम्मेदवार गिरीले आर्थर र ठुलीपोखरीलाई कृषि हबको रुपमा विकास गर्दै किसानहरुलाई प्रविधिसग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ‘ यी क्षेत्र उर्वर भूमि हुन , यहाँ ब्यावसायिक खेतीको सम्भावना छ’– उहाले भन्नुभयो
त्यस्तै प्रदेशसभा क्षे त्र नं १ क का उम्मेदबार नेत्र अधिकारीले पनि यस क्षेत्रका मदताताले गरेको मतदानको पक्षमा रहेर आफुले काम गर्ने बताउनुभयो ।
समानुपातिक उम्मेदवार बिजय गुरुङ र जुना नेपालि पनि सगै चुनावी अभियानका क्रममा आयोजना गरिएका भेलामा सहभागी भएका थिए । शनिवार मोदी गाउँपालिकाको भुकमा चुनाबी कार्यक्रम सकेर निस्कीएको टोली आर्थर, खौला लाकुरी हुदै ठुलीपोखरी मा चुनावी सभा सम्पन्न गरेका हुन ।








