रोशन तिवारी
मंसिर १६ पर्वत । आगामी प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा चुनावी प्रचार गर्ने क्रममा नेपाली काँग्रेसको टोली आज खुर्कोट र पाङ्गमा पुगेर घरदैलो र चुनावीसभा गरेको छ । विहान खुर्कोट र दिउँसो पाङ्गमा घरदैलो र सभा भएको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सामाजिक सन्जालमा राजनीति गर्नेहरुलाई जनताका वीचमा आएर राजनीति गर्न चेतावनी दिनुभयो ।

अर्जुनप्रसाद जोशीले १८ वर्षसम्म केहि पनि गरेन भन्ने चर्चा अफवाहको रुपमा फेसवुक मार्फत व्यक्त गर्नेहरुलाई उहाँले साच्चै अर्जुन जोशीले विकासका काम गरेको छ कि छैन भन्ने कुरा जनता संग गएर सोध्न चेतावनी दिनुभयो । नेता जोशीले आफ्नै नेतृत्वमा खनिएका सडक हुँदै मोटर चढेर गाउँमा पुग्नेहरुले आफैँलाई केहि गरेन भन्नेहरुलाई त्यहि सडकले जिस्काइरहेको वताउनुभयो । ‘२०५६ सालमा जिल्लामा कहिँ कतै सडक सञ्जाल थिएन,कुवाको पानी डोकोमा वोकेर खानुपथ्र्योे, विद्यालय नभएर अन्यत्र जिल्लामा पढ्न जानुपथ्र्यौ, विजुली नभएर टुकी वाल्नुपथ्र्यौ उहाँले भन्नुभयो, त्यो कहालीलाग्दो अवस्थावाट अहिले जनताले मुक्ति पाएका छन् के त्यो मैले काम नगरेकै कारण भएको हो,’उहाँको प्रश्न थियो । उहाँले भन्नुभयो,‘ विकासका नाममा सिन्को पनि नभाँचेकाहरुले अहिले अर्जुन जोशीले के दियो पर्वतलाई भन्नु पराजित मानसिकताको उपज होे ।’ जोशीले आफुलाई केहि काम नै गरेन भनेर सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरुलाई अर्को पटक भोट माग्न जाँदा कालोपत्रे गरेको सडकवाट गाउँ पुग्ने वाताबरण वनाईदिने वताउनुभयो ।

तर विकास गरेकै कारण कसैलाई काँग्रेस वन्नपर्छ भनेर आफुले कहिल्यै नभनेको उल्लेख गर्नुभएको छ । पाङ्ग र खुर्कोटका सडक कालोपत्र गर्न यसैवर्ष ४८ करोड रुपैयाँ राष्टिय योजना आयोगवाट विनीयोजन गर्न सफल भएको उहाँले स्मरण पनि गराउनुभयो । अवसरवादीहरु जहिले पनि अफवाह फैलाएर सत्तामा पुग्ने गरेको उहाँले चर्चा गर्दै वाम गठवन्धन अवसरवादवाट प्रेरित रहेको पटक पटक दोहोराउनुभएको थियो । उहाँले भन्नुभयो,‘पार्वतीको भूमी पाङ्गवाट म उद्घोष गर्न चाहान्छु अव देश विकास र समृद्धिको दिशामा अगाडी वढ्छ रुखमा भोट हालेर हामीलाई विजयी गराउनुहोस ।’ कार्यक्रममा प्रदेशसभा ‘क’ का उम्मेदवार नवराज गुरुङले जनतालाई सताउनेहरु लाइ जनताले तिरस्कार गर्ने  वताउनुभयो ।

उहाँले विगतमा जनताका छातीमा गोली ठोक्नेहरु अहिले आफुसंग प्रतिस्पर्धामा रहेको वताउँदै आफ्ना प्रतिस्पर्धीले जनताका नाममा के गरेका छन् भन्ने कुराको एउटा उदाहरण देखाउन चेतावनी दिनुभयो । विकास, शान्ति, धर्म, ंसंस्कार र देश जोगाउने पार्टि काँग्रेस नै रहेको उहाँले चर्चा गर्नुभयो । मन्तव्यको क्रममा संस्कृतका श्लोक मार्फत उहाँले पंगाली जनता धर्ममा विश्वास गर्ने भएकाले धर्म मान्नेहरु कहिल्यै वेइमान हुन नसक्ने भन्दै सभामा सहभागीको ताली वटुल्न सफल हुनुभएको थियो । हिन्दु धर्म नमान्नेहरुलाई पांगालीले भोट दिनुपर्ने कारण के छ भनेर उहाँले प्रश्न गर्नुभएको छ । ‘म गुरुङको छोरो त रुद्राक्षको माला लगाएर हिँड्छु, जस्ले क्रियाकर्म समेत गर्न हुँदैन भन्छ त्यसलाई तपाईले किन भोट दिने रु उहाँको प्रश्न थियो । कार्यक्रममा सिँधाली, कुनाचौर, तल्लो पाङका ३ दर्जन यूवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उक्त सभामा राप्रपा नेता एवं पूर्व मन्त्री भिमप्रसाद गौचन, राप्रपा पर्वतका नेता ठाकुरवम मल्ल लगायतले पनि वोल्दै लोकतान्त्रिक गठवन्धनले जनताको मन जितेर चुनावमा वहुमत ल्याउने वताउनुभएको थियो ।