१४ मंसीर
पर्वत करिब ७० दशकको लामो राजनैतिक कालखण्ड पश्चात् नेपाल सङ्घिय लोकतान्तीक गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेको छ। इतिहासका अनेक कालखण्डहरुमा राीष्टृयता,प्रजातन्त्र र समाजवादको आदर्शलाइ आत्मबोध गर्दै नेपाली काङ्ग्रेस नेपाली राजनितीको भुमिकामै रह्यो।
१०४ बर्से जहानिया राणाशासन,पन्चायती ब्यबस्था र २४४ बर्सीय निरङ्कुश तानाशाहीका बिरुद्दमा जनतालाइ प्रजातन्त्रको उषाकिरण छर्न नेपाली काङ्ग्रेसले खेलेको भुमिका अत्यन्तै एतिहासिक छ। नेपाली काङ्ग्रेस २००७ सालतिर क्रान्तिकारी बन्दै गर्दा नेपालले प्रजातन्त्र पायो सोही आधारमा २०१५ सालको जननिर्बाचित सरकारले सम्बिधान बनाउन सकेको भए सायद हाम्रो देशमा नर्बेको,बेलायतको जस्तै राजा सहितको प्रजातन्त्र हुन्थ्यो होला,तर तेसो हुन सकेन ठीक बिपरित भयो कहिले शिशु प्रजातन्त्र माथि दाहिने कोणबाट प्रहार भयो त कहिले देब्रेकोण बाट।
आन्दोलनको बागडोर सम्हाल्दै गर्दा जनतालाइ प्रजातन्त्र पुनस्थापना गराउन खोज्दा हाम्रो अर्को पुस्ताले पुन समय खर्चियो। हजुरबुवा प्रजातन्त्रकै लागि लड्ने,बुवा प्रजातन्त्रकै लागि लड्ने पुस्तौपुस्ता एसैमा समय खर्चिदा अधिनायकबादीहरुको इच्छामा मलजल हुँदै जाने हो भने नेपाल पुन अर्को हिम्सा र प्रतिहिम्साको चक्रब्युहुमा फस्न सक्दछ,नेपालसग अब त्यो चोट ब्योहोर्न सक्ने हिम्मत छैन।
२०४६ सालमा प्रजातन्त्र पुनस्थापना हुँदै गर्दा जनतामा नया उत्साह जागेको थियो तर २(४ बर्षपछी प्रादुर्भाव भएको १० बर्षे जनयुद्दले नेपाललाइ अर्को सम्हाल्नै नसकिने चोट दिलायो। रोल्पा र रुकुमका कुना र कन्दराहरुबाट युद्द्को सुरुवात भएको थियो,बन्दुकको नाल विशेष गरि नेपाली काङ्ग्रेसका नेता र कार्यक्रतामाथी आक्रमण गरिएको थियो।

१० बर्षसम्म हजारौको नरसम्हार भयो कोहि घरबार बिहिन बने,कोसैको सिन्दुर खोसियो,कोहि बलत्कार भए त कोहि टुहुराटुहुरीरुस्थिती असामन्य थियो। केबल बन्दुकले मात्र शक्ति आर्जन गर्न सकिन्छ भन्ने ध्वस्सात्मक मानसिकता बोकेका रक्तपिपासुहरु रगतको होली खेल्दै गरे जनता मार्दै गए। अन्तत बृस्तृत शान्ती सम्झौता नेपाली काङ्ग्रेसकै अगुवाइमा भयो,गिरिजाबाबुको कुशल नेतृत्वमा २०६२र६३ को जनआन्दोलन पश्चात् नेपाल लोकतान्कत्री गणतन्त्रात्मक मुलुकमा प्रवेश गर्यो ।२०६४ सालमा सम्बिधान सभाको चुनाव भयो तत्कालीन माओबादी पहिलो पार्टी बन्यो।

पहिलो सम्बिधान सभालाइ माओबादीले कुशल नेतृत्व प्रदान गर्न सकेको भए सायद आज माओबादीको नेतृत्वमा नेपालको सम्बिधान बन्थ्यो होला।उदाहरणको लागि एउटा तामाङ साथीहरु बाग्लुङमा बस्नु हुन्छ,मगर साथीहरु पोखरामा बस्नुहुन्छ,बाहुन जाती पनि देशका भुभाग जताततै बस्नुहुन्छ तर माओबादी नेताहरुले भन्नुभयो एउटा तामाङ,एउटा बाहुन वा अन्य कुनै जातको मानिस माओबादी साथीहरुले तोकेको चौघेरा भित्र बस्न जान्नुपर्द्छ र सोही ठाउको मुख्यमन्त्री सोही जातको बन्नुपर्छ भन्नुभयो तर नेपालको राष्ट्रपति प्रचण्ड,बाबुराम,गजुरेल,बाद्ल मात्र बन्नपाउनु पर्दछ भन्ने कदमको उठान गर्नुभो जुन अलोकतान्त्रिक  संविधान नेपाली काङ्ग्रेसलाइ मान्य भएन । नेपाली काङ्ग्रेसको भनाइ थियो सङ्घियता  एउटा भोजभतेरमा राखिने  सलाद जस्तै हो जहाँ अनेकथरी प्याज,मुला,गाजर,काक्रो आदि हुन्छ।

त्यसमा गाजरको स्वाद प्याजले बिगारेको छैन,प्याजको स्वाद मुलाले बिगारेको छैन,सबैको आआफ्नो रङ,गुण,आकार र स्वाद छ। हो त्यही सलाद जस्तै नेपाल हो र त्यसमा भएको प्याज,मुला,गाजर हाम्रो आआफ्नो परिबेश हो,जस्मा हामी मिलेर बसेका छौ।सोही अनुरुप सबैलाइ मिल्ने सबैको चित्त बुझ्ने  निर्माणको पक्षमा काङ्ग्रेस थियो। पहिलो सम्बिधान सभा बिफल भइसकेपछी दोश्रो सम्बिधानसभाको चुनावमा काङ्ग्रेस पहिलो पार्टी बन्यो। पहिलो सम्बिधानसभामा काङ्ग्रेसको प्रस्तुती कम थियो,सङ्ख्याको ताकत कम थियो,सम्बिधान जारी हुन सकेन। दोश्रो सम्बिधान सभामा काङ्ग्रेसले आफ्नै नेतृत्वमा लोकतान्त्रिक  संविधान सम्बिधान जारी गर्न सफल भयो।

धेरै कम्यूनिष्ट सरकार पनि बने तर सार्थकता पाउन सकेन सम्बिधान निर्माणको बिषयबस्तुले,तसर्थ यहा सम्बिधान निर्माणको बिषयबस्तुको मात्र होइन,तर एस्को कार्यान्वयन जटिल बिषयबस्तु हो। त्यही कार्यान्वयनको दिशातर्फ अहिले मुलुक कङ्ग्रेसकै नेतृत्वमा दौडिरहेको छ,नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले नै करिब २० बर्षपछी जनताको अधिकार गाउँ गाउमा सिङ्हदरबारको अबधारणा पूरा गरायो। प्रादेशिक तथा सङघिय क्षेत्रहरु चुनाव मार्फत देशलाइ अग्रगामी छलाङको दिशातर्फ दिशानिर्देश गर्यो।  काङ्ग्रेसको योगदान रहदैन्थ्यो भने नेपाल अझै पनि अधिनायकवादीहरुको चपेटामा रुमलिरहन्थ्यो। नेपालमा प्रजातन्त्रको विउ रोप्ने देखि फुलाउने सम्म,जबर्जस्ती बन्दुकबाट लेखिन लागेको सम्बिधानलाइ कलमबाट लेख्न होस कुशल नेतृत्व कङ्ग्रेसकै रह्यो।

अबको फैसला यहि चुनावबाट हुनुपर्दछ। न्याय प्राप्त गर्न चाहनेहरुले न्याय पाउनुपर्दछ,घरबारबिहिनहरुले घर पाउनुपर्दछ,टुहुरा टुहुरीहरुले मनोबैग्यानिक असरलाइ न्यून गर्नुपर्दछ।खाल्डो खनेर जिउदै गाडिएका पत्रकार डेकेन्द्र थापा र हजारौ तेस्ता पिडितहरुलाइ मलम दिनुछ।मैले बन्दुक बनाएको छु,बन्दुक बनाउन सिकेको छु,सबैभन्दा बढी बन्दुक बनाउने मै हु भन्दै हिड्ने हरु जस्ले बम बनाए उनीहरुले पड्काए पनि जस्ले बम बनाए उनीहरुले आफुले मात्र बनाएनन अरुलाइ सिकाए पनि हिजो हामीले काजोल खातुङ मरेको ईतिहास बिर्सेका छैनौ।

माओबादीहरुले चारबर्षको बालिका चडेको माइक्रोबस भित्र बम हानेको भुलेका छैनौ।प्रसिद्द गाएककार जिन मरिसन को भनाइ छ” हिम्सा समस्या होइन हिम्सा प्रतिको सम्होहन खराब हो। तसर्थ अब फैसला गर्ने बेला आएको छ के त्यो हिम्सा सहि थियो रआखिर के अर्थको लागि हिम्सा गरियो।आखिर काङ्ग्रेसले रचना गरेको ह्यान्डस बल कोटमा उभियर आदरणीय बुवामुवा दिदिबहिनी मलाइ मत दिनुहोस भनेर दुइहात जोडेर मत माग्ने राजनिती ठीक लाग्यो कि बन्दुकको नालबाट रचिने राजनिती।तसर्थ काङ्ग्रेसको शान्तिपुर्ण राजनिती ठीक छ भन्ने कुरा माओबादीहरुले ढिलै भएपनि प्रमाणित गरिदिए। तर दुखको कुरा  यति मात्र हो यो कुरा थाहा पाउन करिब १२ वर्ष लाग्यो र १७००० नेपाली मारिनुपर्यो।

यहि सन्दर्भलाई वुझेर नेपालमा लोकतान्त्रिक तरिकाले शान्तिपूर्ण जिवन यापन गर्ने कि साम्यवादी तरिकाले तानाशाहरुको शासनमा शासित हुने भन्ने महत्वपूर्ण जनमत संग्रहमा उपस्थित भएका छौ । जनताको फैसाला गर्ने दिन नजिकिएको छ सोच विचार गरेर नेपाली कांग्रेसको चूनाव चिन्ह रुखमा मतदान गर्न म विनम्रता पूर्वक सविनय सवै देशवासी दाजूभाई दिदिवहिनीहहरुलाई अनूरोध गर्दछू ।

सन्तोषराज सूवेदी
देउपूर पर्वत