१० मंसीर
बागलुङ। जिल्लाको जैमिनी नगरपालिका—९ पैयुँथन्थापमा मतदाता परिचय पत्र लुटिएको छ ।
निर्वाचनका लागि खटिएका कर्मचारीले मतदाता परिचयपत्र वितरण गर्दै गर्दा नचिनेका व्यक्ति आएर १५/२० परिचय पत्र लुटेर गएको र पछि जैमिनी—९ का वडाध्यक्ष भोगेन्द्र बहादुर थापा(विरेन्द्र) ले करिब २०० भन्दा बढी मतदाता परिचयपत्र कब्जामा लिएर गएको मतदान अधिकृत जोबन काफ्लेले बताए ।
बढि मतपत्र लिएर गएका व्यक्तिहरुको खोजी भएको र परिचयपत्र फिर्ता गराउने प्रयास भैरहेको काफ्लेले बताएका छन् ।
मूख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले भने परिचयपत्र लुटिएको नभई कतिपय व्यक्तिहले बढि लगेको भन्ने जानकारी आएको बताए ।
उनले प्रहरी प्रशासनको सहयोगमा घटनालाई सामान्यीकरण गरेर आइतवार बिहान निर्धारित समयमा मतदान सुचारु गर्ने प्रयास भैरहेको जानकारी दिएका छन् ।
मतदाता परिचयपत्र बाहेक पनि नागिरकता मालपोतको कागज वा अरु कुनै फोटो सहितको सरकारी कागजपत्रका आधारमा मतदान गर्न पाईने भएकाले परिचयपत्रकै कारण मतदानमा समस्या नहुने पण्डितले बताए ।








