पर्वत–प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठवन्धनको तर्फवाट उम्मेदवार वनेका राजेन्द्रप्रसाद तिवारीको प्रसंसा चुलिँदै गएको छ । उनी यूवादेखि वृद्ध सम्म आशाका केन्द्रविन्दु वनेका छन् । सरौँखोलामा जन्मिएका उनी पैयुँ, महाशिला र विहादी गाउँपालिका निकै चर्चित थिए तर अहिले प्रदेशसभाको उम्मेदवार वनेपछि उनको चर्चा जिल्लाभर हुन थालेको छ ।

पर्वत २ मा उनको चर्चा चियापसलदेखि खेतवारीसम्म हुन थालेको छ । उनी मतदाता संग नम्र रुपमा प्रस्तुत हुन्छन् । अन्य विपक्षी दलको उनले कत्तिपनि विरोध गर्दैनन् । उनको स्वभाव नै छ सबैलाई सम्मान गर्ने । उनको भाषणमा पनि एमाले र माओबादीलाई गाली गरेको कुनै गुञ्जयास नै भेटिन्न । वरु काँग्रेसले देशमा आजसम्म गरेको वलीदान र त्यागको उनले वढ्ता प्रचार गर्छन ।

उनले पर्वतको समृद्धिको लागी उम्मेदवार वनेको तर कसैलाई गाली गर्न नआएको वताउने गरेका छन् । उनले पर्वतको क्षेत्र नम्बर २ को विकासको ठुलो सपना देखेको वताउँछन् । दोविल्ला देखि हुवाससम्मको सडक कालोपत्रे गर्ने, सहायक सडकहरुको स्तरवृद्धि गर्ने, सबै विद्यालयमा प्राविधिक शिक्षा, हरेक स्थानीय तहमा २ सय शैयाको सुविधासम्पन्न सरकारी अस्पताल, विहादी, पैयुँ र फलेवासमा वृद्धाश्रम निर्माण, कालिगण्डकीमा २ वटा हाइड्रो सञ्चालन गर्ने यस्तै र यिनै उनका लक्ष्य हुन् । उनी भन्छन्,‘हामीले नगरे कस्ले गर्ने त्यसैले अहिले मलाई संसद सम्म पु¥याउनुहोस मैले वोलेका र देखेका सपना पुरा गर्नेछु । तिवारीले भने,’गाउँ गाउँ मतदाताको घरमा पुग्दा उहाँहरुको आँखामा मैले एउटा आशंका देखेँ, उनले भने,‘ यो राजेन्द्रले पनि जितेर हामीलाई गन्दैन कि भन्ने तर मैले मतदातालाई झुक्काउन आएको हैन सेवा गर्न आएको भनेर अठोट गर्ने गरेको छु ।’

पर्वत २ मा जितेर हराउने गरेका उम्मेदवारवाट मतदाता शंसकित छन् । त्यहि भएर आफु अव जनताको सेवा गर्न र पर्वतका जनताको सुखदुखमा साथ दिन उम्मेदवार भएर आएको वताए । ‘सबै दलमा आस्थावान मतदाताले मलाई भोट दिनुहोस । उनले भन्ने गरेका छन् कसैलाई प्रधानमन्त्रीको कुर्चिमा पु¥याउन हैन आफ्नो जिल्लाको विकासमा गम्भिर भएर सोच्नुहोस र म जस्तो इमान्दार यूवालाई अवसर दिनुहोस ।’
वाम गठवन्धन भन्दा पनि जनताको मतलाई वढि विश्वास गर्ने उनी अहिलेको परिक्षामा सफल हुने विश्वासमा रहेका छन् । उनी भन्छन,्’म विश्वास गर्छु पर्वतको विकास र समृद्धिको एजेण्डा लिएर आएको मलाई हराउँदा पर्वतको समृद्धि हराउँछ ५ वर्ष जनता फेरि पछुताउनुपर्छ ।‘

उनी गरिवको झुपडीमा पस्दा, वुढापाकाको हातवाट आर्शिवाद थाप्दा, यूवाहरु संग अँगालोमा वाधिँएर पर्वतको २ को विकास गर्ने अठोट लिएर चुनावी मैदानमा आएका हुन् । ’ काँग्रेस हुन वा एमाले वा माओबादी कुनै पनि पार्टिका मतदाता आफ्नो क्षेत्र दलाल व्याक्तिको हातमा दिन यसपाली तयार छैनन, उनले भने । जितेर पनि जिल्लालाई नहेर्ने र आफ्ना कार्यकर्तालाई पोस्ने तर जनतालाई नहेर्ने विगतका साँसदले पर्वत क्षेत्र नम्बर २ को विकास गर्न नसकेको उनले आरोप लगाए ।

तिवारीले हरेक कोणसभामा क्षेत्र नम्बर २ ले असल अभिभावक नपाएको वताउने गरेका छन् । उनले आफ्नै पार्टिका उम्मेदवार समेत जिल्लाको विकासमा सरिक नभएकोमा असन्तुष्ट छन् । कोणसभामा ‘मैले यहाँका आमावुवा, दाजुभाई, दिदिवहिनीले भोगेका समस्यालाई मेरो डायरीमा नोट गरेको छु,‘अव त्यो समस्या म समाधन गर्न चाहान्छु, तपाईहरु सँग सहकार्य गर्न चाहान्छु –उनले भने,’ पर्वत क्षेत्र नम्बर २ ले कहिल्यै विकासको मुहार देख्न नसकेको देख्दा निकै चिन्ता लागेर अहिले नयाँ जोश, भिजन र जिल्लामा विकास र समृद्धि के हो त्यो जनताका आँखा अगाडी काम गरेर देखाउन उम्मेदवार वनेको तिवारीले भने ।

‘वृद्ध आमावुवा एक्लै गाउँमा आँशु पुच्छदै वसेको, विदेशिएका यूवा, गाउँको जमिन वाँझो, नाँगा नानीवावु हामीले कति दिन हेरेर स्वार्थी नेतालाई जिताउने उनले भने, आउनुहोस यसपालि मन वदल्नुस तपाईकै भाई,छोरा, दाजु र भाईलाई जिताउनुस जितेपछि तपाईले दिएको गुन म तिर्ने छु’ उनले भने । उनले डवल डिग्री गरेका छन् । पुर्वाधार विकासमा उनको दुर्य दशकको अनुभव छ । राजनीतिमा उनले तिन पुस्ता विताएका छन् । जिल्लामा हुने विकासका काममा उनी सानै देखि सिँहदरवार र जिल्लाको ढोका ढक्कढकाउन पुग्ने गर्थे । पर्वतका यूवाहरुले त उनलाई ढुकढुकी नै मान्ने गरेका छन् । किनकी यूवा क्लवका कार्यक्रममा आर्थिक सहयोग गर्ने उनी जिल्लाकै सबैभन्दा अग्रपंक्तिमा गनिने गरेका छन् । मिलनसार, हँसिलो, जिउडाल मिलेको, सबैलाई साथीत्वको व्यवहार गर्ने तिवारी भन्छन्,‘ मेरा आजसम्म कुनै शत्रु छैनन अव पनि हुने छैनन् । ‘मैले जितेर गएपछि पनि कसैलाई कोरा रुपमा यो वा त्यो पार्टिको भनेर हेर्ने छैन, सबैको नेता वन्ने मेरो ईच्छा छ,’उनले भने ।